कथा : अन्तिम भेट — अर्पणा ‘सविन’
कुरा चार वर्ष अगाडिको हो । मुसा । उनी कुहिरे । लगभग एक वर्षो अन्तरालमा त्यान्द्रात्यान्द्रा दुःख सुखका पलहरूलाई बटुलेर एउटा परालको कुन्यु बनाएको थिए । उनी असाध्यै प्यारा भएता पनि उनको हरेक स्वभाव र बानीलाई अगाल्न नसकेकै कारण उनी मुसा भन्दा परै थिए । ज्यान जहाँ भए पनि मन चाहिँ कहिले उनीभन्दा पर हुन सकेको थिएन । त्यस्तै हरेक लोग्ने मान्छे र स्वास्नी मान्छे एक अर्काको परिपुरक हुन्थे । यहाँ लोग्ने मान्छे मात्रै भएर पनि हुदैँन र स्वास्नी मान्छे मात्रै भएर पनि हुदैँन ।
सृष्टि चल्न दुबैको उतिकै महत्व छ । मुसा र कुहिरे पनि यही सृष्टिको एउटा रूप थियो । एक अर्कालाई बिछट्टै माया गर्थे । समय बित्दै जादा परिस्थिति बदलिदै गयो । कुहिरेभन्दा मुसा दस वर्ष कान्छी थिइन् । सुन्दरी थिइन् तर केटाकेटीपन थियो । त्यति हुँदाहुँदै पनि मेहनती थिइन् । उनी एउटा धनाध्य परिवारमा जन्मी हुर्किएकी तर पनि कुहिरेको परिवारमै ढल्दै गइन् । दिन,महिना गर्दै वर्षबिते । मुसा कुहिरेको हर एक खुशीमा सम्झौता गर्दै गईन् । नारी धर्ती हो ,नारी सहनशील छिन्,जस्तोसुकै परिस्थितिमा पनि नारी दगुराउँदिन । नारी शाहसी छिन् हरेक तवरले । नारीले आफ्ना सबै रहर खुशी न्वछाबर गर्छिन् परिवारको लागि । लोग्नेलाई भगवान् मान्ने हाम्रो परम्परा । तीनपानीले ध्वस्त भएको परिवार पनि नारीले सम्हालछिन् । मुसाले पनि यस्तो विषम परिस्थिति बिच आफ्ना फूलबारीका फूललाई कतै साया छाया ओइलाउन दिइनन् । कुहिरे पनि मुसालाई माया गर्थे तर हर रात तीनपानीको नशामा धुर्त भएर मुसाको हर रात भताभुङ्ग पार्थे । उनले कहिले मिठो निद्राको सपना देख्न पाईनन् । कुहिरेको हर खुशीलाई आत्मसात गरी रहिन् । अनेक प्रयास गर्दा पनि कुहिरेको आदतलाई परिवर्तन गर्न सकिनन् तर पनि प्रेमको घुम्टोभित्र सजाइ नै रहिन् । यसरी बित्दाबित्दै मोडियो जीवनकथा । कुहिरे पटकपटक काम भन्दै घरदेखि बाहिर बस्न थाले । महिनौंसम्म नि घर नआइ बाहिरै रमाउन थाले । कहिलेकाही आउने तर फेरि काम भन्दै बाहिर जिल्ला जाने गर्न थाले । वर्षबित्यो यस्तै गरी । कर्तव्य माया र भरोसाभन्दा निकै माथी पुग्यो उनको ब्यहोरा । मुसा पनि घर र अफिस गर्दै कुहिरेको प्रतीक्षामा अन्धकार कोठाका चार दिवारीमा रहर र इच्छाको बलि चढाउन बाध्य भैइन् । न त कुहिरेको कुनै फोन ,न त कुनै सर्म्पर्क । दिनदिनै पीर र चिन्ताले गलाउन थाल्यो । अनि अति नै भयो ,अब के रहेछ कुहिरेको चाला भन्दै उनी लागिन बसपार्कतर्फ। कुहिरेलाई कुनै जानकारी नदिएरै उनि हेटौंडा पुगिन् । साथीभाइ र इस्टमित्रको सहयोगले उनी कुहिरेलाई भेटन सफल भैइन् । मुसालाई अचानक सामुन्ने देखेर उनि झस्किए । सामान्य कुराकानी मात्रै भयो उनिहरूको । साँझको खानपिनपछि आरामकोलागि दुबै कोठातिर लागे । एक अर्को अपरिचित झैँ भैसकेछ उनीहरूको सम्बन्ध । कुहिरेले केही बोल्नै खोजेनन् । एउटै ओछ्यानमा पनि उनिहरू एक अर्का बीच कुनै र्स्पर्श नै नगरी बिपरित दिशातिर फर्केर सुते । भित्रभित्र उकुसमुकुस हुँदै मुसा घुँक्क घुँक्क गर्न थालिन् । त्यसै बीच फोन बज्छ । कुहिरे निदाइसकेका रहेछ्न । अनि मुसाले नै फोन उठाइन् । छाँगाबाट खसे झैँ भइन् । आइमाई मान्छेको फोन थियो । मुसाले सुनिरहिन् । मुसाले बुझछे आइमाईको कुरा । उनीहरूवीच विश्वास र सम्बन्धमा एउटा काँडो गाडियो । त्यो काँडो निकाल्दा नै बेस लाग्यो मुसालाई । फोनको कुराकानी सिधियो । अब यहाँ बस्नुको औचित्य छैन भनी मनमनै निर्णय गरिन् । यस्तै गर्दै बडो मुस्किलले बिहान भयो । उनीले कुहिरेलाई आफू अहिले नै यहाँबाट फर्किने कुरा गरिन् गहिरो स्वास फेरेर । मौनतामै हेटौंडाबाट काठमाडौँको यात्रामा मुसा । कुहिरेले एक सिँसी पानी, एउटा कुरकुरे र चिजबलको प्याकेट थमाउँदै आफ्ना सम्बन्धको श्रद्धाञ्जली दिए । मुसा र कुहिरेको सम्बन्धको त्यो अन्तिम भेट थियो । रुँदारुँदा अस्त भएर त्यो ठाउँमा पुग्दा पनि मुसाको आँसु रोकिएन । आज मुसा र कुहिरेको सम्बन्ध मन र मुटुबाट शैयामा दाग बत्ती आँशुले दिदै सम्बन्ध सिधियो । त्यो अन्तिम भेटमा आफूहरूको सम्बन्धलाई दागबत्ती दिँदै भावनाको नदीमा ।