काठमाडौं महानगरपालिकाले चराचुरुङीको लागि पानीपात्र निर्माण गर्ने
x
काठमाडौं, ४ असार । काठमाडौं महानगरपालिकाले चराचुरुङीको लागि पानीपात्र निर्माण गर्न बजेटको व्यवस्था गरेको छ । आगामी वर्षको बजेटमा सो उल्लेख गरेको हो । ‘प्लाष्टिक झोलामुक्त काठमाडौँको लागि वैकल्पिक झोला अभियान सञ्चालन गर्न आवश्यक रकम विनियोजन भएको छ,’ बजेटमा भनिएको छ, ‘आगामी आर्थिक वर्षका लागि मुलतः वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड, शिक्षा तर्फ १ अरब ७१ करोड, सम्पदा संरक्षणका लागि २ अरब ५३ करोड, सामाजिक विकासमा ४९ करोड, पूर्वाधार विकासमा ५ अरब ४१ करोड, हरियाली प्रबर्धन गर्न ४३ करोड, सूचना प्रविधि तर्फ ४१ करोड, स्वास्थ्य सेवातर्फ ७० करोड र विपद् व्यवस्थापनका लागि ३६ करोड विनियोजन गरिएको छ ।’