काठमाडौं महानगरले अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल आयोजना गर्ने

काठमाडौं, ४ असार। काठमाडौं महानगरपालिकाले काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका निजी तथा सार्वजनिक भौतिक संरचनाहरुको विमा प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसैगरी नगर–नगर साझेदारी कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था गरेको छ ।

‘रात्रिकालिन यातायात सेवा सञ्चालनलाई निरन्तरता दिन, पिउने पानीको व्यवस्थासँगै आवश्यक स्थानमा सार्वजनिक शौचालय व्यवस्थापनको लागि बजेट विनियोजन गरेको छ । ‘पशु वधशाला निर्माण गर्न तथा एग्रो पुलिङका कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट छुट्याइएको छ । काठमाडौँमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल आयोजना गर्नको लागि बजेट विनियोजन गरिएको छ,’ बजेटमा भनिएको छ, ‘बागमती प्रदेश सरकारसँग समन्वय गरी काठमाडौँ महानगरपालिकालाई साँस्कृतिक सहर घोषणा गर्न आवश्यक प्रबन्ध गरिएको छ । काठमाडौ महानगरपालिका क्षेत्रभित्र विपद व्यवस्थापन कार्यलाई थप प्रभावकारी एवम् साधन स्रोत सम्पन्न गराउन बजेट विनियोजन गरिएको छ ।ड
त्यसैगरी काठमाडौँ महानगरपालिका मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३, बढ्दो तापक्रमको प्रभाव न्यूनीकरण कार्यक्रम कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइएको पनि उल्लेख छ । नदी किनार तथा सार्वजनिक जग्गा संरक्षण गर्न तथा पार्क निर्माण गर्न आवश्यक बजेट व्यवस्था गरिएको बजेटमा उल्लेख छ ।