पोखरा महानगरपालिकामा अख्तियारको छापा, मणिपाललाई दिएकाे २० करोड राजस्व छुटमा अनुसन्धान सुरू

कास्की, १८ असार । पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले छापा मारेकाे छ । आयोगले मंगलबार महानगर कार्यालयमा छापा मारेकाे हो ।

महानगरपालिकाले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारले मणिपाल शिक्षण अस्पतालसँग सम्बन्धित विभिन्न कागजात नियन्त्रणमा लिएकाे जनाएकाे छ ।