कीर्तिपुर नगरपालिकाका नगरप्रमुख नकर्मीको निधन
काठमाडौं, ११ साउन । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ ।
गएराति उहाँको वीर अस्पतालमा उपचारकाे क्रममा निधन भएको हाे । नकर्मी लामाे समयदेखि मिर्गौला राेगबाट पीडित हुनुहुन्थ्याे ।
मिर्गौलामा समस्या आएपछि उहाँ साउन २ गते वीर अस्पतालमा भर्ना हुनुभएकाे थियाे । वीरमा नै उहाँकाे निधन भएकाे हाे ।
उहाँको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने पारिवारिक श्राेतले जनाएकाे छ ।