देश विकासलाई गति दिन संविधान संशोधन गर्न आवश्यक छ : मन्त्री दाहाल
काठमाडाैं, ११ असाेज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशकाे विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।
विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकको विकास निर्माण दु्र्त गतिले अगाडि बढाउनका लागि निर्वाचन प्रणालीका बाधा अड्चन हटाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पार्नुभयो ।
उहाँले निर्वाचन प्रणाली सुधार गर्ने सन्दर्भमा महिला, विभिन्न जातजातिको प्रतिनिधित्व स्थानीय रुपमा निर्वाचित गरेर ल्याउने, समानुपातिक व्यवस्था व्यवस्थित गर्ने सम्बन्धमा दलहरुबीच छलफल भइरहेको जानकारी दिनुभयो ।
मन्त्री दाहालले संविधान संशोधनबाट जनताले पाइरहेको अधिकार कुनै हालतमा नखोसिने दाबी गर्नु गर्दै भन्नुभयो, “संविधान संशोधनमा जनताले थप अधिकारहरु प्राप्त गर्नेछन् ।”