गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन

काठमाडाैं, २९ कात्तिक । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ ।

काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको हाे ।

उहाँ नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिनुभएको थियो ।

उहाँको शव अस्पतालमै राखिएको तथा उहाँका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।