एक खेलाडीको बेफाइदामा पनि बार्सिलोना विजयी
बार्सिलोना, २२ फागुन । च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले बेन्फिकालाई १–० ले हराएको छ । बार्सिलोना दस खेलाडीमा सीमित भएर पनि खेल जित्न सफल भएको हो ।
ब्राजिलका फरवार्डका राफिन्हाको गोलले बार्सिलोनाले महत्वपूर्ण जित प्राप्त गर्यो । बेन्फिकाविरुद्धको खेलमा राफिन्हा लगातार दोस्रो खेलमा नायक बनेका हुन् । समूह चरणमा पनि बेन्फिकाविरुद्ध ५–४ को पुनरागमन जितमा राफिन्हाले दुई गोल गरेका थिए । खेलको ६१ औँ मिनेटमा डिफेनडर एन्टोनियो सिल्भाको पासमा राफिन्हाले गोल गरे । यसअघि, खेलको २२ मौँ मिनेटमा पाउ कुबर्सीले रातो कार्ड पाएपछि बार्सिलोना समस्यामा परेको थियो । एजेन्सी