ताइवानमा शक्तिशाली भूकम्प, दुईको मृत्यु, २०० घाइते

 

ताइवान । ताइवानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा दुईजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। २०० जनाभन्दा बढी घाइते भएका छन्।
स्थानीय समय अनुसार राति ११ बजेर ५० मिनेट जाँदा टापुको पूर्वीतटदेखि करिब २० किलोमिटर पर ६।४ म्याग्निट्युडको भूकम्प गएको थियो।
आपत्‍कालीन उद्धारकर्ताहरूले ख्वालिएन शहरमा आंशिक रूपमा ढलेका होटल र आवासीय भवनहरूबाट करिब १५० जनाको उद्धार गरेका छन्।
ढल्किएका भवनहरू, छरपस्ट भग्नावशेषहरू र सडकहरूमा व्यापक क्षति पुगेको तस्वीरहरूमा देखिन्छ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार नराम्ररी क्षति पुग्नेमा एउटा अस्पताल भवन पनि रहेको छ।