पोखरा आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं, ६ जेठ । कास्कीकाे पोखरा आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको सिनुवा आसपास क्षेत्रमा ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसूस भएको हो ।
भूकम्प मापन केन्द्रकाका अनुसार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । यसअघि सोलुखुम्बुको छेस्काम केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।