सुनचाँदीको भाउमा सामान्य गिरावट, तोलाको ४०० रुपैयाँ घट्यो

काठमाडौँ, ५ असार । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो भने चाँदी पनि तोलामा २५ रुपैयाँले सस्तिएको छ ।

महासंघले आजका लागि छापावाल सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९५ हजार ५०० रुपैयाँ तोकेको छ । यसैगरी, चाँदी प्रति तोला २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाल सुन प्रति तोला १ लाख ९५ हजार ९०० र चाँदी २ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो ।

यसैबीच, व्यवसायीहरुको आन्दोलनका कारण केही दिनदेखि बन्द रहेका काठमाडौँ उपत्यकाका सुनचाँदी पसलहरु बिहीबारदेखि पुनः सञ्चालनमा आएको महासंघले जानकारी दिएको छ ।