नक्कली व्याकुल माइलाबाट आठ वर्षदेखि हैरानी खेपेका सक्कली व्याकुल माइलाको रामकहानी

काठमाडौं, ३१ साउन । राष्ट्रिय गानका रचनाकार व्याकुल माइला विगत सात–आठ वर्षदेखि नक्कली व्याकुल माइलाबाट व्याकुल अर्थात अशान्त बन्नुभएको छ । सक्कली व्याकुल माइलाले तिनै नक्कली व्याकुल माइलाका कारण चौदण्डी नगरपालिकादेखि, राष्ट्रपति कार्यालयसम्म अनि प्रधानमन्त्री कार्यालयदेखि सभामुखको कार्यालयसम्म तारिख धाउनुपर्यो । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयदेखि इटहरी उपमहानगरपालिकासम्म अनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयदेखि प्रज्ञा प्रतिष्ठानसम्म पनि उहाँले ‘सक्कली व्याकुल माइला मै हुँ’ भनेर प्रमाणित गर्नुपर्ने हैरानी यो सात–आठ वर्षसम्म लगातार खेपिरहनु पर्यो ।

कोभिडका बेलामा माग्दै हिँडेका नक्कली व्याकुल माइला हुन वा इटहरीमा सक्कली व्याकुल माइला हुँ भनेर किताब बेच्दै हिँडेका नक्कली व्याकुल माइला हुन् । उनले सक्कली व्याकुल माइलालाई व्याकुल बनाइरहे । तर, केही दिन अघि मात्रै नक्कली व्याकुल माइला इटहरीबाट पक्राउ परेपछि भने अब सक्कली व्याकुल माइलालाई चैनको स्वास फेर्न पाइन्छ कि भन्ने आशा जागेको छ । यो सात–आठ वर्षमा सक्कली व्याकुल माइलालाई नक्कली व्याकुल माइलाले कतिसम्म हैरानी दिए त ।

सक्कली व्याकुल माइलाले मैत्रिन्युजका लागि मोहन बास्तोलासँग लामो फेहरिस्त खोतल्नु भएको छ । उहाँको बेलिबिस्तार यस्तो छ ।

राष्ट्रिय गानको रचनाकार एउटा साझा व्यक्ति, व्यक्तित्व हो अनि राष्ट्रिय गान हाम्रो साझा उपलब्धि हो । सबैको सार्वजनिक चासो र सरोकारको विषय भएकोले यस बारेमा विभिन्न विषय, विभिन्न कोणबाट उठ्नु स्वाभाविकै मानेको छु । यसलाई मैले अन्यथा लिएको छैन । यो राष्ट्रिय गान एउटा हाम्रो लोकतान्त्रिक आन्दोलन, जनयुद्धको सफलता पछिको एउटा महत्त्वपूर्ण साझा उपलब्धि पनि हो । यो राष्ट्रिय एकताको लागि अथवा राष्ट्र निर्माणका लागि एउटा दृष्टिकोण समेत हो ।

एउटा देशको लोगो, गीतको रूपमा निर्माण भएको हाम्रो साझा उपलब्धि हो । अनि यो निर्माण गर्ने कुरामा मेरो आफ्नै निजी सिर्जनशीलता, निजी चाहनाले भन्दा पनि एउटा युगले ल्याएको मोड हो । त्यही अनुसार राज्यले, नेपाल सरकारले अझ संसद्ले पुरानो राष्ट्रिय गानलाई खारेज गरेर नयाँ बनाउनका लागि सरकारलाई भन्यो र त्यही अनुसार नेपाल सरकारले एउटा वैधानिक किसिमको कार्यदल निर्माण ग¥यो ।

त्यसमा सत्यमोहन जोशी, संस्कृतिविद् जो अहिले हामी माझ हुनुहुन्न । उहाँको संयोजकत्वमा देशका लब्धप्रतिष्ठित साहित्यकारहरू, संस्कृतिकर्मीहरुको संयोजनमा एउटा समिति गठन भयो । त्यो समितिले राष्ट्रिय गान निर्माण गर्ने भन्ने कुरामा एउटा विधि बनायो र प्रतिस्पर्धाको माध्यमबाट राष्ट्रिय गान चयन गर्ने भन्यो । त्यो प्रक्रिया अगाडि बढाउने क्रममा राष्ट्रिय गानको कति हरफ हुने, के–के विषयवस्तु हुने, कति शब्द हुने, सबै निर्धारण गरेर त्यो विषयवस्तुको संरचना भित्र रहेर प्रतिस्पर्धा भयो ।

म पनि एउटा प्रतिस्पर्धीको रूपमा सहभागी भएँ । सुरुमा एक महिनाको म्याद थियो । फेरि त्यसमा पन्ध्र दिन थप भयो । त्यो समयावधिमा सबैले आ–आफ्नो तर्फबाट रचना बुझाउने काम भयो । त्यसपछि लामो प्रक्रियापछि छनोट भयो । त्यो छनोटपछि नेपाली सञ्चार माध्यमले मात्रै होइन संसारकै सञ्चार माध्यमले यसलाई कभरेज गरेको अवस्था थियो । यो सबैलाई जगजाहेर भएको कुरा हो । विश्वले देखेको कुरा हो ।

लोकतन्त्रलाई संस्थागत गर्ने यो महत्वपूर्ण कार्यमा सौभाग्यले मेरो सिर्जना राष्ट्रिय गानको रूपमा छानियो र सौभाग्यले राष्ट्रिय गानको रचनाकार भएँ । यसलाई म स्वयंले ठूलो सौभाग्यको रूपमा लिएको छु ।

लोकतन्त्रलाई संस्थागत गर्ने यो महत्वपूर्ण कार्यमा सौभाग्यले मेरो सिर्जना राष्ट्रिय गानको रूपमा छानियो र सौभाग्यले राष्ट्रिय गानको रचनाकार भएँ । यसलाई म स्वयंले ठूलो सौभाग्यको रूपमा लिएको छु ।

हो, त्यही क्रममा आजभन्दा सात–आठ वर्ष अघिको सन्दर्भ यहाँ स्मरण गराउन चाहन्छु । त्यतिबेला उदयपुरको चौदण्डी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतले मलाई त्यतिबेला फोन गर्नुभयो । उहाँले ‘म चौदण्डी नगरपालिकाको प्रशासकीय अधिकृत, फलानो बोलेको’ भन्नुभयो । नामचाँहि मैले अहिले बिर्सिएँ । म त्यतिबेला काठमाडौं महानगरपालिकाको ‘ब्रान्ड एम्बेसडर’ थिएँ ।

मैले सुरुमा त केही राय–सुझाव लिनको लागि होला भन्ने सोचेर उत्साहित हुँदै शालीन तरिकाले ‘के होला सर ?’ भनेर सोधेँ । उताबाट ‘सरको नाममा एउटा उजुरी आएको छ’ भन्नुभयो । मेरो नाममा जीवनमा कुनै उजुरी परेको थाहा थिएन । त्यो कुराले म छक्क परेँ । सरोकार नै नभएको जिल्लाको पालिकाबाट त्यस्तो फोन आएपछि मेलै ‘कस्तो उजुरी पर्यो ?’ भनेर सोधेँ । उताबाट ‘मिलन राई भन्ने एकजना व्यक्तिले म व्याकुल माइला हो, राष्ट्रिय गान मैले लेखेको हो, तर प्रदीप कुमार राई भन्ने मान्छेले म हुँ भनेर भत्ता लिइरहेको छ, त्यो भत्ता दिलाई पाऊँ भनेर उजुरी छ, सर’ भन्नुभयो । ओहो ! उहाँसँग कत्रो अपेक्षाले कुरा सुन्दै गरेको मान्छे, म त खम्राङ–खुम्रुङ छाँगाबाट खसे जस्तै भएँ ।

त्यस्तो कुरा सुनेपछि मैले संयमित हुँदै ‘सरकारको कुरा, जनताको कुरा सुन्ने स्थानीय निकाय हो, तपाईंहरूले हो, तपाईं त प्रवक्ता जस्तो हो सरकारको स्थानीय तहको जिम्मेवार व्यक्ति । सरकारले के–कसो, के गरेको छ, कसरी के कानुन निर्माण गरेको छ, कसरी राष्ट्रिय गान निर्माण गरेको छ । सबै कुरा तपाईंलाई थाहा हुनुपर्दैन सर ?’ भने ।

त्यस्तो कुरा सुनेपछि मैले संयमित हुँदै ‘सरकारको कुरा, जनताको कुरा सुन्ने स्थानीय निकाय हो, तपाईंहरूले हो, तपाईं त प्रवक्ता जस्तो हो सरकारको स्थानीय तहको जिम्मेवार व्यक्ति । सरकारले के–कसो, के गरेको छ, कसरी के कानुन निर्माण गरेको छ, कसरी राष्ट्रिय गान निर्माण गरेको छ । सबै कुरा तपाईंलाई थाहा हुनुपर्दैन सर ?’ भने ।

मैले फेरि थप गर्दै ‘सारा विधि–प्रक्रिया पूरा गरेर लेखिएको राष्ट्रिय गानका बारेमा तपाईँले अनभिज्ञता देखाउनु त राम्रो होइन नि सर !’ भने । त्यसपछि उहाँले पनिअलिकति दुःखी हुँदै ’तपाईंलाई जानकारी गराउनु मेरो कर्तव्य हो’ भन्नुभयो । त्यसपछि यो कुरा सामसुम हुन्छ होला भनेको त यसको छ–सात महिना वा वर्ष दिनपछि होला फेरि प्रधानमन्त्री कार्यालयबाट फोन आयो ।

सुरुमा त प्रधानमन्त्री कार्यालयबाट फोन आउँदा राज्यले खोजेछ भनेर उत्साहित भएँ । मेरो केही काम प¥यो होला भन्ने लाग्यो । सायद सहसचिव हुनुहुन्छ होला । उहाँले आफ्नो परिचय दिँदै भन्नुभयो– ‘राष्ट्रपति कार्यालयमा मिलन राई भन्ने मान्छेले राष्ट्रिय गान मैले लेखेको, भत्ता अर्कोले पायो, त्यो मलाई दिलाई पाऊँ भनेर उजुरी दिनुभएको रहेछ । त्यहि अनुसार आवश्यक कारबाही गर्ने भनेर तोक लागेर प्रधानमन्त्री कार्यालयमा आएको छ । सरसँग एकचोटी कुरा गर्नै पर्ने भो, भेट्नै पर्ने भो, सर आउनुपर्ने भो ।’ यो संवेदनशील विषयवस्तु भयो भनेर म त्यहाँ गएँ र सारा कुरा भने । त्यसपछि उहाँले पनि ‘अमूक व्यक्ति आएर जे कुरा गर्यो त्यो गलत रहेछ, कुरा बुझियो । सरका कुरा मैले बुझेँ, म स्पष्ट भएँ’ भन्नुभयो ।

अब त फेरि त्यस्तो नहोला भन्ने लागेको थियो । फेरि केही समयपछि नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयबाट ‘तपाईं प्रदीप कुमार राई, व्याकुल माइला बोल्नुभएको हो ?’ भनेर फोन आयो । मैले ‘हो, हजुर’ भने । उहाँले पनि अन्य ठाउँबाट जस्तै ‘सर, तपाईंको नाममा यहाँ एकजना मिलन राई भन्ने व्यक्तिले राष्ट्रिय गान मैले लेखेको हो । मेरो नाममा दर्ता हुनुपर्छ’ भनेर आएको छ भन्नुभयो ।

मैले उहाँलाई ‘वास्तविक लेखक मैले त कपीराइट दर्ता गरेको छैन । यो त राज्यले निर्माण गरेको, युगले लेखेको गीत हो । हामी नेपालीको साझा सम्पत्ति हो । यसको कपीराइट राज्यले लिने हो, संरक्षण गर्ने हो । राष्ट्रिय गान लेखेवापत सम्मानित भएको छु, भत्ता पाइरहेको छु । यो कपिराइट मैले त दर्ता गर्न सुरुदेखि चाहेको छैन’ भने । मैले उहाँलाई ‘त्यसरी दर्ता गर्नुपर्छ भन्दै को आयो त्यहाँ ? त्यो मान्छेलाई त्यहीँ समातेर राख्नुस्, म आइहाल्छु’ भनेँ ।

त्यसको केहीबेर पछि फेरि उताबाट फोन आयो । त्यो दिन मिलन राई भन्ने मान्छे कहाँ जानु छ मेरो काम छ भनेर फुत्किएछन् । उहाँले भोलि १२ बजे आउँछु भन्नुभएको रहेछ । उहाँले ‘ती मानिस आएपछि म सरलाई फोन गर्छु, आउनुस्’ भन्नुभयो ।  भोलिपल्ट उहाँले फोन गरेपछि म केही सञ्चारकर्मी साथीहरू, संगीतकर्मी, गीतकारसहित त्यहाँ पुगेँ । श्रवण मुकारुङज्यू, राष्ट्रिय अनुसन्धानका  राष्ट्रिय अनुसन्धानका इन्सपेक्टरलगायतको पनि त्यहाँ उपस्थिति थियो । सबैका सामू मैले उहाँलाई ‘तपाईंले कसरी यो मेरो रचना हो भनेर भन्न सकिराख्नु भएको छ ?’ भनेर भने । तर, उहाँले यति ‘कन्फिडेन्स’ का साथ ‘मैले लेखेको हो’ भनेर भन्नुभयो । ‘तपाईँ व्याकुल माइला कसरी हुनुभयो ?’ भनेर सोध्दा उहाँ फेरि निर्धक्कका साथ ‘म हुँ व्याकुल माइला’ भन्नुहुन्छ ।

त्यसपछि श्रवण दाइले ‘तपाईंले कुन–कुन गीत लेख्नुभएको छ योभन्दा अगाडि’ भनेर सोध्नुभयो । तर, उहाँले आफ्नो अडान छाड्नु भएन । त्यसपछि श्रवण दाई हामी सबै दिक्क भयौँ । एकमन त ‘यी मान्छे मानसिक अस्पतालमा लानुपर्ने रहेछ ।’ भन्ने लाग्यो । त्यसपछि श्रवण दाईले पनि ‘उस्लाई आफैँले गरेको जस्तो त्यस्तो भ्रम भयो होला । उस्लाई व्याकुल माइला म नै हुँ जस्तो भयो होला । अब यो मान्छेलाई के गर्नु ? उहाँलाई उपचारै गर्नुपर्ने रहेछ’ भन्नुभयो ।

उहाँको बोली–व्यवहार हेरेपछि हामी सबैले त्यहाँ हायलकायल बनायौँ । त्यहाँको हाकिमले पनि ‘यो बानी छाड्नु भएन भने तपाईं नै अप्ठ्यारोमा पर्नुहुन्छ हैँ’ भन्नुभयो । उहाँले ‘तपाईंले यदि आफ्नो कुरा सच्याउनु भएन, आफ्नो गल्ती स्वीकार गर्नुभएन भने तपाईंलाई थुन्न पठाउँछु । पुलिस बोलाउँछु’ भन्नुभयो ।
त्यति हायलकायल गरेपछि बल्ल उहाँले ‘म अब उप्रान्त त्यसो गर्दिनँ, अब उप्रान्त त्यस्तो गरेमा कानुन बमोजिम कारबाही भोग्न मञ्जुर छु’ भनेर कागज गर्नुभयो ।

लिखित रूपमै यसरी आइसकेपछि त अब ठीक हुन्छ होला भनेको त्यसपछि पनि त्यो प्रक्रिया रोकिएन । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय जाँदा ‘तपाईंको नाममा उजुरी आएको छ’ भन्नुहुन्छ । प्रज्ञा प्रतिष्ठानतिर जाँदा पनि एक पटक तत्कालिन उपकुलपतिज्युले ‘तपाईंको नाममा त एउटा फटाहा मान्छे व्याकुल माइला हो भन्दै आएको थियो । मैले हप्काएर । म व्याकुल माइलालाई राम्रोसँग चिन्छु । मसँग त्यस्तो कुरा गर्ने ? भनेर भनेर पठाई दिएँ’ भन्नुहुन्छ ।

लिखित रूपमै यसरी आइसकेपछि त अब ठीक हुन्छ होला भनेको त्यसपछि पनि त्यो प्रक्रिया रोकिएन । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय जाँदा ‘तपाईंको नाममा उजुरी आएको छ’ भन्नुहुन्छ । प्रज्ञा प्रतिष्ठानतिर जाँदा पनि एक पटक तत्कालिन उपकुलपतिज्युले ‘तपाईंको नाममा त एउटा फटाहा मान्छे व्याकुल माइला हो भन्दै आएको थियो । मैले हप्काएर । म व्याकुल माइलालाई राम्रोसँग चिन्छु । मसँग त्यस्तो कुरा गर्ने ? भनेर भनेर पठाई दिएँ’ भन्नुहुन्छ ।

त्यति मात्रै होइन कोभिडको समयमा मलाई किरात राई यायोक्खाका उपाध्यक्ष जनक राईज्यूले पनि ‘व्याकुल सर, तपाईंको नामबाट कसैले केही गरेजस्तो छ । एक जना मान्छे म चार–पाँच दिन भयो केही नखाएर भोक–भोकै छु । म राष्ट्रिय गान लेख्ने व्याकुल माइला हुँ भनेर हिँडिरहेको छ,’ भन्नुभयो ।
त्यसपछि म आफ्नै काममा व्यस्त हुँदै गएँ । विचमा त्यति केही खास भएको थाहा थिएन । करीब एक वर्ष अघि होला सभामुखको कार्यालयबाट ‘म सभामुखको पीए हुँ’ भन्दै फोन आयो । उहाँले ‘तपाईंको नाममा एउटा उजुरी आएको रहेछ । चिन्ता लागेर फोन गरेको’ भन्नुभयो । व्यक्ति उही रहेछन् ।

उहाँले ‘व्याकुल माइला तपाईं नै हो भन्ने केही प्रमाणहरू छ’ भन्नुभयो । त्यसपछि म प्रमाणै पठाइदिन्छु भनेर सम्मानपत्र, राष्ट्रिय गानको रचयिता भइसकेपछि राज्यले दिएको सम्मानपत्रलगायतको फोटोकपी पठाइ दिएँ । सयद त्यतिबेला मेरो नागरिकताको पनि फोटोकपी पठाइदिएँ जस्तो लाग्छ । त्यसपछि मैले फोन गरेँ । उताबाट ‘यति भए पुग्छ सर, म ढुक्क भएँ’ भन्नुभयो ।

उहाँले फेरि भोलिपल्ट फेरि फोन गर्दै ‘सर, सभामुखज्यू (देवराज घिमिरे) लाई एकदमै चिन्ता लाग्यो भन्दै हुनुहुन्छ । के–छ तपाईंको समय ? एकछिन आउन भ्याउनुहुन्छ ?’ भन्नुभयो । मैले ‘म भ्याउँछु नि, किन नभ्याउनु ? सभामुखज्यु जस्तो मान्छेले बोलाएपछि’ भनेर सिंहदरबार पुगेँ । त्यहाँ पनि सभामुखज्यूलाई मैले नानीबेली लगाएँ । उहाँ ढुक्क हुनुभयो ।

उहाँले फेरि भोलिपल्ट फेरि फोन गर्दै ‘सर, सभामुखज्यू (देवराज घिमिरे) लाई एकदमै चिन्ता लाग्यो भन्दै हुनुहुन्छ । के–छ तपाईंको समय ? एकछिन आउन भ्याउनुहुन्छ ?’ भन्नुभयो । मैले ‘म भ्याउँछु नि, किन नभ्याउनु ? सभामुखज्यु जस्तो मान्छेले बोलाएपछि’ भनेर सिंहदरबार पुगेँ । त्यहाँ पनि सभामुखज्यूलाई मैले नानीबेली लगाएँ । उहाँ ढुक्क हुनुभयो ।

मैले उहाँसँग त्यतिबेला पनि ‘व्याकुल माइला को–हो ? राष्ट्रिय गानको रचनाकार को–हो ? इन्टरनेटमा खोज्दा, दुनियाँले थाहा पाउने अवस्था छ । सरकारको आधिकारिक एउटा वेबसाइटमा पनि नेपालको राष्ट्रिय गानको रचनाकारको फोटो, उसको परिचय राज्यले राखिदियो भने राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय फेरि–फेरि व्याकुल माइला को–हो भनेर ‘कन्फ्युजन’ हुँदैन । अरू–अरू निकायमा पनि ‘कन्फ्युजन’ हुँदैन । त्योचाहिँ गर्न पाए हुन्थ्यो सम्माननीयज्यू भनेँ ।’ तर, त्यसपछि त्यो अहिलेसम्म पनि भयो जस्तो लागेको छैन । त्यसमा कस्लाई के फुर्सद ?

एउटा सादा जीवन, सरल जीवन, इमान्दारिताका साथ बाँचौँ भनेर म अहिले कति त्याग गरिरहेको हुन्छु । मलाई म आफैँले सम्हालिरहेको हुन्छु । यस्तो अवस्थामा व्याकुल माइला त भोक–भोकै छु भन्दै हिँड्छ भन्दा मान्छेले के भन्लान् ? भन्ने चिन्ता छ । त्यति मात्रै होइन व्याकुल माइला मै हुँ भनेर राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसदमा निवेदन दिँदा राज्यले सुन्दैन, त्यसो गर्नेलाई छानबिन गर्ने काम गर्दैन भन्दा दुःख लाग्छ ।

यो सात–आठ वर्षदेखिको हेरानी केही समय अघि पनि दोहोरियो । केही समय अघि मेरो फेसबुकको मेसेन्जरमा एउटा मेसेज आएको थियो । त्यो मेसेज राम्ररी हेरेको थिइनँ । केही दिन पछि फुर्सदमा त्यो मेसेज हेरेँ । मेसेजमा श्री विक्रमजीले ‘व्याकुल दाइ, एकाउन्टेन्ट जापान जानुभएको रहेछ, जापानबाट आएपछि म रकम दिलाई दिन्छु’ भनेर लेखिएको रहेछ । ओहो ! मैले त यिनीसँग ‘पेमेन्ट’को कुरा गरेको छैन, मागेको पनि छैन । उहाँसँग त मैले यो विषयमा केही कुरै गरेको थिएन ।

मैले फेरि उहाँलाइ टेक्स्ट गरेँ । ‘विक्रम सर, के कुरा हो, मैले कुरा बुझिन । मेरो नम्बर यहि हो । तपाईँको फोन नम्बर पाउँ, कुरा गरौँ’ भनेँ । पछि कुरा गर्दा उहाँले ‘दाइ, यहाँ इहरी उपमहानगरपालिकामा किताब दिनुभएको रहेछ । त्यसको ‘पेमेन्ट’को लागि मलाई सम्झिनु भएको रहेछ । अनि गएर बुझेँ, एकाउन्टेन्ट जापान जानु भएको रहेछ । उहाँ आउने बित्तिकै म त्यो गर्दिन्छु,’ भन्नुभयो । उहाँको कुरा सुन्ने वितिक्कै मैले ‘त्यस्तो गरेको छैन’ भने । उहाँले ‘त्यसो भए कसले ग¥यो त ?’ भन्नुभयो ।

उहाँले फोनमै ‘व्याकुल दाइ जस्ताले मलाई एकदमै माया गरेर भाइ सम्झेर त्यसो भन्नुभयो भनेर दौडिए’ भन्नुभयो । त्यसपछि मलाई ‘पहिला–पहिला व्याकुल माइला मै हुँ भनेर मेरो नाममा भत्ता कायम गरिपाऊँ’ भन्दै हिँड्ने मान्छेले नै मेरो नाम बेचेरे किताब बेच्दै हिड्न थाल्यो भने पक्का भयो । यसले फेरि मेरो नाममा ठगी काम ग¥यो र मलाई बद्नाम गर्न थाल्यो भन्ने लाग्यो । यस्ले राष्ट्रिय गानलाई विवादमा ल्याउने कुचेष्टा ग¥यो भन्ने लाग्यो ।

त्यो मान्छेले यसलाई आफ्नो व्यवसाय बनायो भन्ने लाग्यो । व्याकुल माइलाको नाममा किताब बेच्दै, चन्दा उठाउँदै ठगीधन्दा गरेको रहेछ भन्ने पनि प्रष्ट भयो । उसले मलाई भन्दा पनि स्थानीय सरकारलाई ठगिरहेको छ भन्ने लाग्यो । अन्तमा उस्ले इटहरी उपमहानगरपालिकामा गएर ‘म राष्ट्रिय गान लेख्ने व्याकुल माइला हो, मेरो किताब किन्दिनु’ भनेर ठग्न खोज्दा पक्राउ पर्यो ।

त्यो मान्छेले यसलाई आफ्नो व्यवसाय बनायो भन्ने लाग्यो । व्याकुल माइलाको नाममा किताब बेच्दै, चन्दा उठाउँदै ठगीधन्दा गरेको रहेछ भन्ने पनि प्रष्ट भयो । उसले मलाई भन्दा पनि स्थानीय सरकारलाई ठगिरहेको छ भन्ने लाग्यो । अन्तमा उस्ले इटहरी उपमहानगरपालिकामा गएर ‘म राष्ट्रिय गान लेख्ने व्याकुल माइला हो, मेरो किताब किन्दिनु’ भनेर ठग्न खोज्दा पक्राउ पर्यो ।

राष्ट्रिय गानको सर्जकलाई यसरी ठगेर एउटा नक्कली व्याकुल माइला बनेर हिँड्दै गर्दा तपाईँले किन टुलुटुलु हेरेर बसेको भनेर धेरैले भन्दै आउनु भएको छ । एक मनले सम्झिन्छु उल्ले ठग्यो, ऊ खराब हो भनेर ठ्याक्कै भन्न गाह्रो हुन्छ ।

पटक–पटक मैले हैरानी खेप्दै आएको थिएँ । त्यसरी ऊ समातिएको खवरसँगै केही समाचारहरु आए । मैले मेरो फेसबुक वालमा मिडियामा आएका समाचारलाई पोष्ट गरेको थिएँ । त्यहाँ विभिन्न मानिसहरुले उहाँलाई चिन्नेले प्रतिक्रिया लेख्नुभएको छ ।

एक जना रंगकर्मीले कलाकारिता गरेर बाच्न गाह्रो भयो भनेर उहाँ केही समय इन्डियातिर गएर नक्कली सर्टिफिकेट ल्याएर शिक्षण पेशामा आवद्ध भएको, त्यहाँ प्राध्यापनरत रहेका बेला छात्राहरूलाई ह्यारेसमेन्ट गरेको अनि उजुरी परेपछि पक्राउ परेर केही दिन थुनिएको, त्यसपछि पढाउने काम पनि छाडेको जस्ता कुरा उल्लेख गर्नुभएको छ । पढाउने काम छाडिसकेपछि उहाँले १५–२० पेजको कनिकुथी के–के कुरा लेख्दै विद्यालयहरूतिर किताब भन्दै बेच्दै हिँडेको प्रसङ्ग पनि त्यहाँ उल्लेख गर्नुभएको छ । उहाँलाई नजिकबाट चिन्नेहरुका कुरा सुन्दा उहाँ ‘मेन्टल्ली प्रब्लम’ मा हुनुहन्छ भन्ने जस्तो पनि लाग्छ । त्यसैले मानव हुनुको नाताले अनि म एउटा सार्वजनिक चासो–चिन्ता लिने एउटा व्यक्ति पनि भएको कारणले गर्दा उहाँलाई हदैसम्मको कारबाही होस् भन्नु भन्दा पनि कसरी हुन्छ यो गल्ती महशुस गराउनुपर्छ भन्ने लाग्छ ।

त्यसपछि उहाँलाई उपचार गर्नुपर्ने रहेछ भने राज्यले त्यसतर्फ पनि ध्यान दिनुपर्छ भन्ने लाग्छ । अर्कोतर्फबाट हेर्दा उस्ले फेरि यति रणनीतिक किसिमले काम गरिरहेको छ कि मानसिक रोगी भन्न पनि कठिन हुने देखिन्छ । कहाँ–कहाँ उजुरी दिँदा ठिक हुन्छ भन्ने उसलाई राम्ररी थाहा छ । मिलाएर लेखेको हुन्छ उजुरी पनि । उस्मा मानसिक समस्या हो भन्ने हो भने उस्ले मेरो नाम लिएर सरकारलाई ठगेको छ, सरकारलाई नै ढाँटेको छ ।

स्थानीय तहदेखि राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयसम्म अनि राष्ट्रिय गानको तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा समेत उजुरी दिएको छ । सम्बन्धित निकाय भनेको नेपाल प्रज्ञा प्रतिष्ठान हो । ऊ त्यहाँ पनि पुगेको छ । सिर्जना रजिस्टर हुने ठाउँ, कपिराइट रजिस्टर हुने ठाउँ कम्पनी रजिस्टरको कार्यालय पनि पुगेको छ । त्यसरी हेर्दा उस्लाई उचाल्ने उस्को पछाडि कोही पो छ कि ? भन्ने शंका पनि उत्पन्न हुन्छ । यदि त्यो हो भने राज्यले त्यसको पनि खोजि गर्नुपर्छ ।

अन्तिममा मेरो भनाई यदि उस्मा मानसिक समस्या हो भने राज्यले त्यसतर्फ ध्यान दिओस्, राज्यलाई ठगी गर्ने उस्को नियत हो भने त्यसमा ध्यान दिओस् । यदि उसको पछाडि बसेर कसैले उचालेको छ भने त्यसको पनि खोजि होस् र आयन्दा यस्तो गल्ती नदोहोरियोस् । हाम्रो साझा उपलब्धि यो राष्ट्रिय गान, यस्लाई बचाउन सबै लागौँ ।