निकोलस भुसालले गाँजा सेवन गरेको खुलासा, सुधार केन्द्रमा राख्न परिवारलाई बुझाउने
काठमाडौं, २३ असाेज । बिहीबार माइतीघरबाट दिउँसो पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको प्रहरीले जनाएकाे छ ।
अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणको क्रममा भुसालले गाँजा खाएको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी प्रवक्ता पवन भट्टराईले जनाएकाे हाे ।
भुसाललाई सुधार केन्द्र ‘रिह्याव सेन्टरमा’ राख्ने सर्तमा परिवारको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए ।
गत वर्ष पनि उनी गाँजा सेवन गरेको अवस्थामा पक्राउ परेको र यस्ता पटकेलाई उपचारका लागि पठाउने कानूनी व्यवस्थाअनुसार रिह्यावमा पठाउन लागिएको भट्टराईले बताए । गत वर्ष निकोलसलाई सिंहदरबार प्रहरीले पनि पक्राउ गरेका थिए ।
जेनजीमाथि धोका भएको भन्दै आज निकोलस माइतीघरमा आन्दोलन गर्न पुगेका थिए । केही समूहले आजको प्रदर्शन फिर्ता गरेको अवस्थामा माइतीघर क्षेत्रमा प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।