एसियन कप छनोटमा भियतनामसँग नेपाल पराजित

काठमाडौँ, २३ असोज । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले बिहिबार घरेलु टिम भियतनामसँग ३–१ को पराजय वेहोरेको छ । यस नतिजासँगै नेपाल तीनै खेल हारेर अङक तालिकाको पुछारमा यथवात भएको छ । भियतनामले तीन खेलमा दुई जितसहित छ अङक बनाएको छ ।
हो चिमिन सहरको गो डाउ रङगशालामा मध्यान्तरसम्म १–१ ले बराबरीको स्थितिमा थियो । तर पूर्वार्धको इन्जुरी समयमा लाकेन लिम्बुले रातो कार्ड भियतनामलाई फाइदा भयो । उत्तराद्र्धमा दुई गोल थपेको थियो ।
खेलको नवौं मिनेटमै एनग्युएन टिन लिनका गोलबाट भियतनामले अग्रता बनाएको थियो । खेलको १७ औँ मिनेटमा मिडफिल्डर रोहन कार्कीको फ्रिकिकमा सनिस श्रेष्ठले हेड गोल गरी खेल १¬–१ मा झारे । सनिसको यो पहिलो अन्तर्राष्ट्रिय गोल भएको छ ।
खेलको २५औं मिनेटमा भियतनामाक पेन्डान्त क्वाङ भिनको पासमा फाम टुवान हाइले गोल गरेका थिए । तर रेफीले अफास्यडाके संकेत गरेपछि सो गोलले मान्यता पाएन । खेलको ६७ औँ मिनेटमा फाम सुवान मानले र ७२ औँ मिनेटमा स्थानापन्न खेलाडी नुयेन भान भिले रिबाउन्डमा गोल गरेपछि नेपालको हार पक्का भयो ।