राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपतिसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं, २३ असाेज । अख्तियार दुरूपयोग अनुसनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकूलपति प्रा.डा संगीता सिंह भण्डारीसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेकाे छ ।

आयोगले प्रा.डा भण्डारीसहित १३ जनाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

दाङ घोराही उपमहानगरपालिकास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति भण्डारीसहित १३ जनाले एमआरआइ मेसिन खरिदमा भ्रष्टाचार गरेको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार उपकुलपति भण्डारीसहित तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स मेनेजर कैलाश प्रसाद देव, प्रतिष्ठानका बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज काठमाडौंका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी छन्।

त्यस्तै, राप्ती प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, प्रतिष्ठानको शाखा अधिकृत छायाँ डिसी, श्रीराम चौधरी, प्रतिष्ठानका आइटी अफिसर हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, वरिष्ठ सहायक अन्जु शर्मा, बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थकेयर प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अध्यक्ष पोष्ट राज ज्ञवालीविरूद्ध मुद्दा चलाइएको हो।

उनीहरूले एमआरआइ मेसिन खरिदमा १२ करोड ७ लाख ६० हजार ९४६ रूपैयाँ बराबरको सामान खरिद गरेको भनि भुक्तानी गरेका थिए। तर ११ करोड ४५ लाखमा खरिद गरिएकाे पाइएकोले मेसिन खरिदमा ६२ लाख ६० हजार ९ सय ४६ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *