९ किलो सुन र ४ करोड २५ लाख नगधसहित पक्राउ परेका श्रेष्ठलाई राजश्वमा पठाइदै

काठमाडौं, १८ भदौ । ९ किलो सुन र ४ करोड २५ लाख नगधसहित पक्राउ परेका मिटरब्याजी विनोदकुमार श्रेष्ठलाई राजश्व अनुसन्धान विभागमा पठाइने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बरामद रकम र सुुनसहित श्रेष्ठलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाउने लागेको बताउनुभयाे ।

प्रहरीले मंगलबार छापा मारेर सुनका विभिन्न गरगहनाहरू ९ किलो ८३७ ग्राम, ४ करोड २५ लाख रूपैयाँ नगध र ३ किलो २१८ ग्राम चाँदीका गरगहना बरामद गरेका थिए । सुनचाँदीसहित प्रहरीले गोरखाको गोरखा बजारका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।

उक्त रकम र सुनचाँदसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको प्रहरीले दाबी गरेको छ ।