काठमाडौँ प्रहरी प्रमुखकाे जिम्मेवारी एसएसपी रमेश थापालाई, अधिकारीलाई हटाइयो

काठमाडाैं, २ असाेज । गृह मन्त्रालयले काठमाडौँ जिल्ला प्रहरी परिसरकाे प्रमुखकाे जिम्मेवारी एसएसपी रमेश थापालाई दिइएकाे छ ।

काठमाडौंका एसएसपी विश्वराज अधिकारीलाई हटाएर उनको ठाउँमा प्रहरी प्रधान कार्यालयमा कार्यरत रमेश थापालाई जिम्मेवारी दिइएकाे हाे ।

जेनजी आन्दोलनका क्रममा प्रहरीको भूमिकाको आलोचना भएको थियो। जेनजी प्रदर्शनमा प्रहरीले व्यापक बल प्रयोग गर्दा स्थिति नियन्त्रणबाहिर गएको थियो।