जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गर्याे रातको समयमा आवातजावत नगर्न सूचना
काठमाडौं, १७ असोज। काठमाडौं जिल्ला प्रशासन कार्यालयले रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रहसहित एक विज्ञप्ती जारी गरेकाे छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले एक जरुरी सूचना निकाल्दै मौसमी प्रतिकूलताका बावजुद अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरेकाे हाे ।
‘काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरुले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ’ सूचनामा उल्लेख छ।
विपद्को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा सम्पर्क गर्न पनि सूचनामा उल्लेख गरिएकाे छ ।