संक्रामक समस्या

चितवनमा २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

काठमाडौँ, कार्तिक ३ । जिल्लाका अस्पतालहरूमा उपचार गराइरहेका २४६ जना व्यक्तिमा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । कुल चार हजार १०८ जनाको परीक्षण गर्दा यो सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये १८१ जना चितवन जिल्लाका बासिन्दा हुन् भने ६५ जना जिल्लाबाहिरका रहेका छन् । चितवनभित्रका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाका २५, खैरहनी नगरपालिकाका ४३, माडी नगरपालिकाका चार, रत्ननगर नगरपालिकाका ६१, राप्ती नगरपालिकाका २०, कालिका नगरपालिकाका २३ र इच्छाकामना गाउँपालिकाका पाँच जना रहेका छन् ।

स्क्रब टाइफस रोग सङ्क्रमित किर्नाले टोकेपछि सर्ने गर्दछ, जुन विशेषगरी मुसाको कान वा अन्य जीवजन्तुमा पाइन्छ। यसका लक्षणहरूमा उच्च ज्वरो, आँखा रातो हुनु, खोकी, बान्ता, पेट दुखाइ, पखाला, सास फेर्न समस्या, टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दाग देखिनु पर्दछ ।