विश्वकप २०१८ : दोस्रोपटक फ्रान्सलाई उपाधि
मस्को । निकै रोमञ्चक खेलमा फ्रान्सले क्रोएसियालाई २ का विरुद्ध ४ गोलले हराउँदै विश्वकप फुटबलको उपाधि जितेको छ।
योसँगै रुसमा एक महिनायता जारी विश्वकप फुटबल सकिएको छ।
४० लाख जनसंख्या भएको मुलुक कसरी पुग्यो फाइनल
विश्वकप पेनाल्टीबारे जान्नुपर्ने सबै पक्ष
फ्रान्स र क्रोएसिया कसले जित्ला विश्वकप?
फ्रान्सले सन् १९९८ मा प्यारिसमा भएको विश्वकप जितेको थियो।
फ्रान्सेली टोलीलाई नेतृत्व दिइरहेका डिडिए डेसाङ खेलाडी र व्यवस्थापकका दुवैका रुपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति बनेका छन्।
क्रोएसियाले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै फ्रान्सलाई सुरुदेखिनै दबाबमा राखेको थियो।
क्रोएसियाले उपाधि नजिते पनि फाइनलसम्मको यात्रा हालसम्मकै उसको ठूलो सफलता हो।
केवल ४१ लाख जनसंख्या भएको मुलुकले फुटबलमा गरेको प्रगतिको विषय व्यापक चर्चामा रह्यो।