मलेसियासँग हार, नेपाल पाँचै खेलमा पराजित

काठमाडौँ, २ मङ्सिर । एएफसी एसियन कप २०२७ अन्तिम चरणको छनोटअन्तर्गत नेपाल मङगलबार मलेसियासँग १–० ले पराजित भएको छ ।

समूह एफमा मलेसिया पाँचै खेल जितेर शीर्ष स्थानमा रहेको छ । नेपाल भने पाँचै खेल हारेर अङ्क तालिकाको पुछारमा छ ।
मलेसियाको क्वालालम्पुरस्थित बुकित जाली राष्ट्रिय रङगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बनेको थियो । तर उत्तरार्धको ११ औँ मिनेटमा फैजलले नेपालको गोलरक्षक किरण लिम्बुसँगको वन भर्सेज वनमा गोल गरेर घरेलु टिमलाई अगाडि पारे । सोही गोल निर्णायक बन्यो ।

करीब छ महिनाअघि भएको छनोट प्रतियोगिताको पहिलो खेलमा मलेसियाले नेपाललाई २–० ले पराजित गरेको थियो । खेलको इन्जुरी समयमा लाकेन लिम्बुले रातो कार्ड पाएपछि नेपाल दस खेलाडीमा सीमित बनेको थियो ।