चितवनले टस हारेर विराटनगरविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं, १० मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा चितवन राइनोजले पहिले टस हारेर ब्याटिङ सुरु गरेको छ ।

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेपछि चितवनले ब्याटिङको गरेकाे हाे ।

आजको खेलमा विराटनगरले विदेशी खेलाडी परिवर्तन गरेको छ । आज मार्टिन गप्टिलको स्थानमा राम हिजलेटलाई खेलाएको छ ।

चितवनले पनि एक परिवर्तन गरेको छ । बलर रिजन ढकालको स्थानमा रन्जित कुमारलाई खेलाएको छ ।