नेपाली क्रिकेट टोलीको स्वागत
काठमाडौँ । नेपाली टोली नेदरल्यान्ड्ससँग दुई खेलको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेलेर नेपाल फर्किएको छ । नेपाल र नेदरल्यान्ड्सबीचको शृंखला बराबरीमा टुंगिएको थियो ।
पहिलो खेलमा नेपाल ५५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा १ रनले विजयी भएको थियो ।
फेब्रुअरीमा जिम्बावेमा सम्पन्न विश्वकप छनोटमा आठौं भएसँगै नेपाल वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेको थियो । त्यसपछि नेपालले पहिलोपटक नेदरल्यान्ड्स वान–डे अन्तर्राष्ट्रिय खेलेको हो । नेपाली टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्रिकेट प्रेमी तथा शुभेच्छुकहरुको भीड लागेको थियो ।