सतुङ्गलमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
काठमाडौँ, १ पुस । चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकलका चालक, २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ। महर्जन सोही ठाउँका बासिन्दा हुन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।