दीपक विस्ट वल्र्ड ओलम्पियन एसोसियसनमा
काठमाडौँ, माघ ५ गते । वल्र्ड ओलिम्पियन एसोसिएसनको साधारणसभाबाट नेपालका दिपक विष्ट कार्यसमितिमा चयन भएका छन् । ओलम्पिन दिपक एसिया क्षेत्रको प्रतिनिधिका रूपमा कार्यसमितिमा चयन भएका हुन् । नेपाल ओलिम्पियन संघका अध्यक्ष दीपक वल्र्ड ओलम्पिकको कार्यसमितिमा चयन हुने नेपालका पहिलो व्यक्ति बन्नुभएको छ ।
सो साधारण सभाबाट स्वीडेनकी पूर्व अल्पाइन स्की खेलाडी, दुई पटक ओलम्पिक च्याम्पियन तथा चार पटक विश्व च्याम्पियन रहनु भएकी पर्निला विबर्ग अध्यक्ष पदमा निर्वाचित भइन् ।