ओखलढुङ्गा अपडेट : एमालेकी अस्मिता थापाको अग्रता कायमै, रास्वपाका विश्वराजले पछ्याउँदै
ओखलढुङ्गा, २२ फागुन । ओखलढुङ्गामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेकपा (एमाले) ले सुरुवाती अग्रता लिएको छ। पछिल्लो मतपरिणाम अनुसार एमालेकी उम्मेदवार अस्मिता थापाले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै अग्रता कायम राख्नुभएको हो।
थापाले आफ्नो गृहपालिका लिखु गाउँपालिकाका ५ वटा वडाको मतगणना सकिँदासम्म १,४०५ मत प्राप्त गर्नुभएको छ। पछिल्लो मत परिणामको अवस्था:
अस्मिता थापा (नेकपा एमाले): १,४०५ मत
विश्वराज पोखरेल (रास्वपा): ९४५ मत
कुमार लुइँटेल (नेपाली कांग्रेस): ६८३ मत
अम्बीर गुरुङ (नेपाली कम्युनिस्ट पार्टी): ५४३ मत
अहिले लिखु गाउँपालिकाको मतगणना भइरहेको छ। यहाँ कुल ९ वडामध्ये ५ वटाको गणना सकिएको छ भने ४ वटा वडाको परिणाम आउन बाँकी छ।
सुरुवाती चरणमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच मुख्य प्रतिस्पर्धा देखिएको छ। नेपाली कांग्रेसका उम्मेदवार भने तेस्रो स्थानमा खुम्चिनुभएको छ। जिल्लाका अन्य पालिकाहरूको मतपेटिका गणना सुरु भएपछि प्रतिस्पर्धा अझै रोचक हुने अनुमान गरिएको छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।