यस्तो बन्यो बालेन टीम, कस्लाई कुन मन्त्रालय ?

काठमाडों, १३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनियताको शपथ लिनु भएको छ । चैत १३ गते शुक्रबार राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहलाई पद तथा गोपनियताको शपथ गराउनु भएको हो ।

प्रधानमन्त्री शाहसँगै नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ गराउनु भएको हो ।

सो अवसरमा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरूङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, खड्गराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री, डा. विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन तथा भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, गीता चौधरी कृषि तथा पशुपक्षी एवं वन तथा वातावारणमन्त्री, डा. दीपक साह श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको शपथ लिनुभएको थियो । यसैगरी, रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने हाल प्रधानमन्त्री शाहले आफैँ सम्हाल्नुभएको छ ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो। समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ठ श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो।

  • बालेन शाह– प्रधानमन्त्री तथा रक्षा/उद्योग
  • स्वर्णिम वाग्ले–अर्थ
  • सुदन गुरुङ–गृह
  • शिशिर खनाल–परराष्ट्र
  • भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास–सुनिल लम्साल
  • ऊर्जा, जलस्रोत तथा सिँचाई–विराजभक्त श्रेष्ठ
  • संस्कृति, पर्यटन तथा नागरिक उड्ययन–खडक पौडेल (गनेश)
  • शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद– सस्मित पोख्रेल
  • स्वास्थ्य तथा जनसंख्या र खानेपानी–निशा मेहता
  • सञ्चार तथा सूचना प्रविधि–डा विक्रम तिमल्सिना
  • भूमि, व्यवस्था। सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासन–प्रतिभा रावल
  • कानुन, न्याय तथा संसदीय मामिला–सोविता गौतम
  • कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण– गीता चौधरी
  • श्रम, रोजगार– दीपक साह
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक–सीता वादी