प्रधानमन्त्री बालेन्द्र शाहलाई अध्यक्ष ओलीको बधाइ
काठमाडों, १३ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले प्रधानमन्त्री शाहलाई बधाइ दिनुभएको हो । ओलीले शाहसँगै आज गठन भएको मन्त्रिपरिषदका सबै सदस्यहरुलाई बधाइ तथा सफल कार्यकालयको शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमा अध्यक्ष ओलीले लेख्नुभएको छ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्मानीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।