सुनको मूल्य सामान्य घट्याे, कतिमा भयाे काराेबार ?
काठमाडौँ, ३ असार । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा रु एक हजार २०० र चाँदी रु १० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ९७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु चार हजार ९८० कायम भएको छ ।
हिजो मङ्गलबार एक तोला सुनको मूल्य रु दुई लाख ९८ हजार ५०० र चाँदी रु चार हजार ९९० मा कारोबार भएको थियो ।