अमेरिकामा एकैदिन १० लाख सङ्क्रमित

 

अमेरिका । अमेरिकामा एकै दिन १० लाख भन्दा बढी कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्।
तर तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरिअन्टको लहर अझै उच्च विन्दुमा पुग्न बाँकी नै रहेको अधिकारीहरूले चेतावनी दिएका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार एकै दिनमा विश्वको कुनै पनि देशको तुलनामा सर्वाधिक अमेरिकामा १० लाख ८० हजार सङ्क्रमित थपिएका छन्।
हाल अमेरिकामा पुष्टि भएका सङ्क्रमित मध्य अधिकांशमा ओमिक्रोन भेरिअन्ट पाइएको छ।