राष्ट्रपति बाइडेनलाई पुनः कोरोना संक्रमण
एजेन्सी : राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना संक्रमण भएको छ ।
पहिलोपटक संक्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ संक्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन् ।
तीनदिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि संक्रमित भएका राष्ट्रपति कार्यालयका चिकित्सक डा केभिन ओ कनरले बताएका छन् ।
राष्ट्रपति बाइडेन पुनः एकान्तबासमा फर्केका छन् ।
उनले कोभिड–१९ विरुद्ध पूर्ण खोप र दुईपटक वुष्टर डोज लिएका थिए ।