शेयर बजारमा हिरयाली,नेप्से परिसूचक ५४.५८ अंकले बढ्दा ४६० करोडको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली छाएकाे छ । यस दिन नेप्से परिसूचक २.५५ प्रतिशत अर्थात ५४.५८ अंक बढेर २१९५.१० विन्दुमा रोकिएको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ९.७२ अंक बढेको छ ।

यस दिन २२० स्टकको ६७ हजार ७४१ पटकको कारोबारमा ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ ।

त्यसैगरी, यस दिन नेपाल टेलिकम, एशियन लाइफ इन्स्योरेन्स र हिमालयन डिष्टिलरीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।