खप्तड लघुवित्तको आईपीओ भोली बाँडफाँट हुने

काठमाडौं : खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोली सोमबार बाँडफाँट हुने भएको छ ।

लघुवित्तले भदौ ८ गतेदेखि १२ गतेसम्म आईपीओ निष्काशन गरेको हो । लघुवित्तले १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो ।

त्यस मध्ये जारी पूँजीको ०.५ प्रतिशत कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

आईपीओ १२ हजार ३४० जना आवेदकले मात्रै शेयर पाउनेछन् ।

आईपीओ बाँडफाँट पश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।