शेयर बजार लगातार ओरालो लाग्दै

काठमाडौं : साताको पहिलो दिन शेयर बजार ओरालो लागेकाे छ ।

आइतबार नेप्से ११.४७ अंक ले गिरावट आई १९२६.२८ अंकमा बन्द भएको हो ।

आइतबार २५ लाख २४ हजार २२४ कित्ता शेयर किनबेच हुँदा ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको कारोबार भएकाे छ । कारोबार रकम करिब ७५ करोडभन्दा तल झरेको छ ।

आइतबार कारोबार रकमका आधारमा हिमालयन एभरेस्ट इन्स्योरेन्स, नबिल बैंक, रिडी पावर, अपी पावर र नेपाल टेलिकम क्रमशः अगाडि रहेका छन् ।