पछिल्लो २४ घण्टामा ६३ जना कोरोना संक्रमित थपिएका छन्

काठमाडौं : हिजो नेपालमा कोभिड-१९ सम्बन्धि जम्मा परीक्षण ३७४० जनाले गरेको थियो । जसमध्य ६३ जनालाई संक्रमण भएको पुष्टिभएको छ । बागमती प्रदेशमा जम्मा १५६० जनाले कोभिड -१९परीक्षण गरेका थिए । जसमध्ये ३८ जनालाई कोभिड १९ सक्रमण भएको पाईएको छ । गत २४ घण्टामा निको हुनेहरुको संख्या वागमती प्रदेशमा ११२ जना छन् भने नेपाल भरीमा १३१ जना रहेका छन् । गत २४ घण्टामा १३१ जना संक्रमित निको भएका छन्।