टिकट नपाउँदा पार्टी परित्याग गर्ने घनश्यामहरु र नयाँका लागि अवसर दिलाउन उदारता देखाउने युवराजहरु

मोहन बास्तोला

काठमाडौँ, २३ असोज । नेकपा (एमाले) को पदाधिकारीपछि स्थायी कमिटीमा पहिलो नम्बरमा रहनु भएका घनश्याम भुसालले आगामी मंसिर ४ मा हुने निर्वाचनमा पार्टीबाट उम्मेदवार सिफारिस (चलनचल्तीको भाषामा टिकट) नभएपछि पार्टी परित्यागको घोषणा गर्नुभयो ।

उहाँले पार्टी परित्यागको घोषणासँगै देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै आफूहरुले नेकपा (एमाले) जस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेको दलिल पेस गर्नुभयो । उम्मेदवार सिफारिस नभएको झोँकमा उहाँले पार्टी परित्याग गर्दैगर्दा आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरूमाथि योजनाबद्ध आक्रमण बढ्दै गएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले—केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको आरोप समेत लगाउनुभयो ।

आफूलाई माक्र्सवादको सच्चा अनुयायी ठान्ने भुसालले पार्टीबाट उम्मेदवार सिफारिसमा परेका अरुलाई १० बुँदेको मर्म छाडेकाले अवसर प्राप्त गरेको भन्दै नचाँहिदो फतुर लगाउँदै आफूलाई ओबानु बनाउने प्रयास गर्नुभयो

उहाँले अध्यक्ष ओली माथि यस्ता आरोप लगाउँदै गर्दा आफूले नै निर्माण गरेको भनेको पार्टीका हजारौँ कार्यकर्ताको भविष्यलाई बेवास्ता गर्दै स्वतन्त्र बामपन्थीको नाममा त्यहि रुपन्देहीबाटै आफू उम्मेदवार बन्ने घोषणा पनि गर्नुभयो । अझ गज्जब त के भने केही दिन अघिसम्म गठबन्धनको विरोध गर्दै आउनु भएका भुसालले माओवादी अध्यक्ष प्रचण्डको वैशाखी टेकेर निर्वाचन लड्ने कठिन बाटो समाउने प्रयास गर्नुभयो ।

उहाँले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको एमालेमा नरहेको घोषणा मणिग्राम, रुपन्देहीबाट गर्दै गर्दा मैले पद पाउनु–नपाउनु ठूलो कुरा होइन । तर, मैले नपाउँदा नयाँले अवसर पाउनुपर्छ भन्ने झिनु दाबा पनि प्रस्तुत गर्नुपर्ने आवश्यकता महशुस गर्नुभएन । बरु आफूलाई माक्र्सवादको सच्चा अनुयायी ठान्ने भुसालले पार्टीबाट उम्मेदवार सिफारिसमा परेका अरुलाई १० बुँदेको मर्म छाडेकाले अवसर प्राप्त गरेको भन्दै नचाँहिदो फतुर लगाउँदै आफूलाई ओबानु बनाउने प्रयास गर्नुभयो ।

निर्वाचनको सम्मूखमा आफूले अवसर नपाएको झोँकमा पार्टी र संगठनलाई धोका दिएर अन्य पार्टीसँग मिलेमतोमा निर्वाचन उठ्ने उहाँको तर्क कुनै पनि कोणबाट माक्र्सवादी देखिदैँन । उहाँको प्रवृत्तिलाई धेरैले आलोचना गरेका छन् । त्यसो त पूर्व सांसद गंगा चौधरीले पनि टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवार बन्ने धम्की पार्टीलाई दिनुभएको छ । कुनै समय आफूलाई सच्चा एमाले भन्ने गंगाको यो शैलीलाई पनि धेरैले आलोचना गरेका छन् ।

एमालेबाट टिकट नपाउने भुसाल एक्लो होइनन् । उहाँ जस्तै लामो समयदेखि पार्टीमा योगदान गरेका र लामो संघर्ष गरेकाहरुले पनि टिकट प्राप्त गरेका छ्रैनन् । तर, उनीहरुले पार्टी परित्याग गर्ने, पार्टीलाई धोका दिने र अन्य दलसँग मिलेमतो गरेर उम्मेदवार बन्ने घोषणा गरेका छ्रैनन । केही यस्ता नेताहरु छन् । जसले आफूलाई होइन अरुलाई अवसर दिनुपर्छ भन्ने बारम्वार पार्टी नेतृत्वसँग माग गरे । यस्ता नेताहरुमा पार्टीका उपाध्यक्षदेखि केन्द्रीय सदस्य र पूर्वमन्त्रीसम्म रहेका छन् । उनीहरु अहिले पनि टिकट आफूले नलिइ नयाँलाई दिलाई जिताउन मैदानमा लागेका छन् ।

लामो समयदेखि पार्टीमा योगदान गरेका र लामो संघर्ष गरेकाहरुले पनि टिकट प्राप्त गरेका छ्रैनन् । तर, उनीहरुले पार्टी परित्याग गर्ने, पार्टीलाई धोका दिने र अन्य दलसँग मिलेमतो गरेर उम्मेदवार बन्ने घोषणा गरेका छैनन् 

सबै भन्दा पहिला उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको कुरा गरौँ । उहाँ बागमती प्रदेशको पूर्वमुख्यमन्त्री पनि हो । उहाँ संघमा पनि मन्त्री भैसक्नु भएको व्यक्ति हो । उहाँले नेतृत्वसँग थुप्रै पटक आफू उम्मेदवार नबन्ने भन्दै नयाँलाई अवसर दिन आग्रह गर्नुभयो । टिकट नपाउँदा पार्टी नै परित्याग गर्ने भुसाल भन्दा फरक उहाँको शैली आफू भन्दा पार्टी र संगठन बलियो बनाउनुपर्छ भन्नेमा केन्द्रित देखिन्छ । उहाँले नयाँलाई अवसर दिन गरेको आग्रहलाई नेतृत्वले स्वीकार गर्दै शिवराज वैद्यलाई काठमाडौँ क्षेत्र नम्बर ८ बाट उम्मेदवार बनाएको छ ।

त्यसो त अर्का उपाध्यक्ष युवराज ज्ञवाली पनि दाङ –३ बाट सिफारिस हुनुभएको थियो । उहाँले चाहना राख्नु भएको भए टिकट पाउन कुनै मुस्किल थिएन । तर, उहाँ आफू होइन नयाँलाई अवसर दिनुपर्छ भनेर टिकटको दौडबाट बाहिरिनुभयो । ‘सम्वन्धित क्षेत्र, जिल्लाबाट मेरो नाम सिफारिस भएकै हो । मलाई त्यो ठाउँबाट उम्मेदवार बन्न साथीहरुले जोडबल गरेकै हुन,’ उहाँले मैत्रीन्युजसँग भन्नुभयो, ‘तर, मैले के ठाने भने म उठ्दा मात्रै जित्ने, नउठ्दा हार्ने अवस्था हो भने मैले उठ्नु पथ्र्यो । त्यहाँ बिकल्प तयार भएको छ । म बाहेक अरु उम्मेदवार बन्दा पनि पार्टीले नै जित्ने अवस्था छ भने मैले नै उठ्नुपर्छ भनेर जोड गरिरहनुपर्छ भन्ने छैन भनेर यो निर्णय लिएको हुँ ।’

उहाँले आफू होइन पार्टीले जित्नुपर्छ भन्ने मान्यताका साथ आफूले नयाँलाई अवसर दिएको बताउनुभयो । ‘चुनाव व्यक्तिले होइन पार्टीले जित्ने हो । कहिले कुन व्यक्तिले जित्छ, कहिले कुन व्यक्तिले जित्छ,’ उहाँले भन्नुभयो, ‘सधैँ पुराना व्यक्ति मात्रै उठिरहनुपर्छ भन्ने छैन । निर्वाचन क्षेत्र नीजि बनाएर सधैँ आफूलाई मात्रै केन्द्रित गर्ने कुरा हुँदैन ।’

उहाँले आफू मन्त्री भैसकेको र अहिले पार्टीको उपाध्यक्ष जस्तो पदमा रहेका कारण सबैतिर आफूलाई मात्रै चाहिन्छ भन्ने कुराको अन्त्यका लागि यस्तो निर्णय लिएको बताउनुभयो । ‘पार्टीको आवश्यकता अनुसार नयाँलाई पनि अवसर दिनुपर्छ,’ ज्ञवालीले भन्नुभयो, ‘सधैँ आफूले मात्रै ठाउँ ओगटेर हुँदैन ।’ उहाँले नयाँलाई अवसर दिने कुरामा आफू खुला रहेको भन्दै पूरानाले पद ओगटेर बस्ने प्रथाको अन्त्य गरेको बताउनुभयो । अहिले उहाँको क्षेत्रबाट कोमल वलीले टिकट पाउनु भएको छ ।

‘चुनाव व्यक्तिले होइन पार्टीले जित्ने हो । कहिले कुन व्यक्तिले जित्छ, कहिले कुन व्यक्तिले जित्छ,’ उहाँले भन्नुभयो, ‘सधैँ पुराना व्यक्ति मात्रै उठिरहनुपर्छ भन्ने छैन । निर्वाचन क्षेत्र नीजि बनाएर सधैँ आफूलाई मात्रै केन्द्रित गर्ने कुरा हुँदैन ।’

त्यस्तै सिन्धुली जिल्लाबाट दुई–दुई पटक सांसद निर्वाचित हुनुभएका पूर्वमन्त्री गणेशकुमार पहाडी पनि यो पटक उम्मेदवार बन्ने दौडबाट बाहिरिनु भएको छ । उहाँले पनि चाहेको भए यो पटक सजिलै टिकट प्राप्त गर्ने अवसर थियो । तर, उहाँले त्यो चाह देखाउनु भएन र उहाँको निर्वाचन क्षेत्र सिन्धुली १ बाट प्रदीप कटुवालले अवसर प्राप्त गर्नुभयो । ‘म दुई–दुई पटक सिन्धुली जिल्लाबाट सांसद निर्वाचित भइसकेको छु । मैले नेकपा (एमाले) कै हैसियतमा छोटो समयका लागि भए पनि मन्त्री बन्ने अवसर प्राप्त गरेँ,’ उहाँले भन्नुभयो, ‘अहिले म सिन्धुली जिल्लाको इञ्र्चाज छु । मेरो दायित्व भनेको पार्टीलाई मिलाएर लैजाने र गठबन्धनलाई परास्त गर्ने हो । त्यसैले मैले आफूले टिकट पाउनुलाई गौण र पार्टीलाई जिताउनु महत्वपूर्ण ठानेर यो पटक टिकट नलिएको हो ।’

उहाँले आफूले चाहेको भए सजिलै टिकट प्राप्त गर्न सकिने भन्दै अहिले टिकट कस्ले लिने भन्दा पनि एमालेलाई कसरी जिताउने भन्ने चूनौति भएकाले एमाले जिताउने अभियानमा आफू समाहित भएको बताउनुभयो । ‘म भन्दा लामो समय पार्टीमा योगदान गरेका साथीहरु हुनुहुन्छ । यहाँका जनताले मलाई दुई–दुई पटक सांसद बनाए । साथीहरुले सहयोग गर्नुभयो । यो मेरालागि ठूलो कुरा हो,’ उहाँले भन्नुभयो, ‘अरु साथीहरुले पनि चाहना राखेपछि मै बन्नुपर्छ भनेर मैले जबरजस्ती गरिन । म उम्मेदवार नबन्दा पनि वेखुशी छैन । म इञ्चार्जको हैसियतले एमालेलाई जिताउन मैदानमा छु । अहिले पनि सिन्धुलीका गाउँबस्तीमा हिँडिरहेको छु ।’

काठमाडौँ क्षेत्र नम्बर ९ (क) बाट अघिल्लो निर्वाचनमा सांसद बन्नुभएका डाक्टर अजयक्रान्ति शाक्य बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारीमा समेत रहनुभयो । यो पटक उहाँले यहि काठमाडौँ क्षेत्र नम्बर ९ बाट दोहोरिन चाहेको भए कुनै अवरोध थिएन ।

उहाँ सांसद र मन्त्री हुँदा यो क्षेत्रमा गरेका सकारात्मक कामका कारण उहाँ उम्मेदवार बन्दा जित्ने सम्भावना प्रवल थियो । मतदाताको बिचमा राम्ररी भिज्नु भएका शाक्य बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्छ । उहाँलाई पार्टी नेतृत्वले उम्मेदवार बन्न आग्रह गरेको थियो । त्यस क्षेत्रका जनताको पनि अत्याधिक माग थियो । तर, उहाँले एक वर्ष अघि नै सार्वजनिक कार्यक्रममा नै त्यहि पदमा नदोहोरिने र नयाँलाई अवसर दिने घोषणा गर्नुभएको थियो ।  ‘अवसर एक जनाले मात्रै लिइरहनुपर्छ भन्ने मान्यतामा म विश्वास गर्दिन,’ शाक्यले भन्नुभयो, ‘म एक पटक प्रदेश सांसद भए । मेरो क्षेत्रका मतदाताले मलाई विश्वास गर्नुयभो । उहाँहरुले मप्रति गरेको अपेक्षा भन्दा बढी काम गर्ने प्रयास गरेँ र सफल पनि भए । मेरो निरन्तरको प्रयासका कारणले जनताले ममाथि थप विश्वास र माया गरेका छन् । त्यहि फलस्वरुप मलाई यहि क्षेत्रबाट उम्मेदवार बन्ने दवाव थियो ।’ 

‘अवसर एक जनाले मात्रै लिइरहनुपर्छ भन्ने मान्यतामा म विश्वास गर्दिन,’ शाक्यले भन्नुभयो, ‘म एक पटक प्रदेश सांसद भए । मेरो क्षेत्रका मतदाताले मलाई विश्वास गर्नुयभो । उहाँहरुले मप्रति गरेको अपेक्षा भन्दा बढी काम गर्ने प्रयास गरेँ र सफल पनि भए । मेरो निरन्तरको प्रयासका कारणले जनताले ममाथि थप विश्वास र माया गरेका छन् । त्यहि फलस्वरुप मलाई यहि क्षेत्रबाट उम्मेदवार बन्ने दवाव थियो

उहाँले पनि नयाँलाई अवसर दिने परम्पराको थालनीका लागि यस्तो निर्णय गरेको बताउनुभयो । ‘यो पटक पनि मैले प्रदेशमै उठ्ने रहर गरेको भए उम्मेदवार बन्थे र जित्थे पनि,’ उहाँले भन्नुभयो, ‘तर, अरुले अवसर पाउने थिएनन् ।’ डाक्टर शाक्यकै प्रस्तावमा अहिले काठमाडौँ ९ (क) मा हरिकृष्ण डंगोलले टिकट पाउनु भएको छ ।

सुर्खेतबाट अघिल्लो निर्वाचनमा सांसद बन्नुभएका नवराज रावत पनि आफूले पटक–पटक अवसर प्राप्त गरेको भन्दै यो पटक नयाँलाई अवसर दिएको बताउनुहुन्छ । ‘म २०४३ सालमा जनपक्षीय उम्मेदवार थिएँ । अहिले उमेरले ५८ वर्ष भएँ,’ रावतले भन्नुभयो, ‘मैले ०५१, ०६४, ०७० र ०७४ को निर्वाचनमा पनि उम्मेदवार बन्ने अवसर प्राप्त गरेँ । मैले ०७४ को निर्वाचनमा निर्वाचित भएपछि मन्त्री बन्ने अवसर समेत प्राप्त गरेँ । म अहिले पार्टीको केन्द्रीय सदस्य छु । यति धेरै अवसर मैले प्राप्त गरेको छु । त्यसैले मैले खुशीसाथ अरुलाई अवसर दिनुपर्छ भनेर उम्मेदवार नबनेको हुँ ।’

उहाँले आफूलाई पार्टी अध्यक्ष र महासचिव स्वयंले पनि उम्मेदवार बन्न आग्रह गरेको तर आफूले अरुलाई अवसर दिनका लागि यो पटक निर्वाचनमा नउठ्ने तयारी गरेको बताउनुभयो ।

उहाँले आफूलाई पार्टी अध्यक्ष र महासचिव स्वयंले पनि उम्मेदवार बन्न आग्रह गरेको तर आफूले अरुलाई अवसर दिनका लागि यो पटक निर्वाचनमा नउठ्ने तयारी गरेको बताउनुभयो 

‘स्वतस्फूर्तरुपमा अरुलाई पालो दिनुपर्छ भन्ने मेरो मनसाय हो,’ उहाँले भन्नुभयो, ‘म २१ वर्षको उमेरदेखि यो पार्टीमा सक्रिय राजनीति गरिहेको छु । मलाई पटक–पटक अवसर दिने पार्टीलाई थप बलियो बनाउने र मलाई पटक–पटक सहयोग गर्ने साथीहरुलाई सहयोग गर्नुपर्छ भन्ने हेतूले म यो पटक उम्मेदवार नबनेको हुँ । मैदानमा सक्रियताका साथ लागेको छु, पार्टीलाई जिताउन लाग्नेछु ।’ यो पटक रावतको सुर्खेत क्षेत्र नम्बर २ बाट उहाँले नै सिफारिस गरेका अमृतबहादुर बुढा क्षेत्री उम्मेदवार हुनुहुन्छ ।