२८ देखि ७२ उमेरसम्मका मैदानमा

काठमाडौँमा ६ लाख ३७ हजार मतदाता, २ सय ६४ उम्मेदवार (एमालेका यस्ता छन् उम्मेदवार)

काठमाडौँ, २८ असोज । ६ लाख ३७ हजार ७ सय ७५ मतदाता रहेको काठमाडौँमा ३ लाख २९ हजार ५ सय ४५ महिला र ३ लाख ८ हजार २ सय २१ पुरुष मतदाता छन् । १० निर्वाचन क्षेत्र रहेको यो जिल्लाको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगका अनुसार विभिन्न दल र स्वतन्त्र गरी २ सय ६४ जनाको उम्मेदवारी परेको छ ।

२०७४ सालको निर्वाचनमा १० मध्ये ६ निर्वाचन क्षेत्रमा नेकपा (एमाले) विजयी भएको थियो भने ४ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको थियो । यो पटक कांग्रेस गठबन्धनका तर्फबाट निर्वाचन मैदानमा छ ।

यद्यपि, काठमाडौँ क्षेत्र नम्बर ३ र १० मा गठबन्धनसँग असन्तुष्टि व्यक्त गर्दै माओवादीले आफ्नै उम्मेदवार उठाएको छ । काठमाडौं ३ मा प्रतिनिध सभामा नेकपा माओवादी केन्द्रले एकल उम्मेदवारका रुपमा मजदूर नेता बद्री बजगाईलाई कायम राखेको छ । त्यस्तै काठमाडौं १० मा पनि माओवादी केन्द्रले पाएको प्रदेश सभामा कांग्रेसले उम्मेदवार उठाएपछि प्रतिनिधि सभामा माओवादी उम्मेदवार अन्जना विशंखेको उम्मेदवारी कायमै छ ।

काठमाडौँ क्षेत्र नम्बर ३ र १० मा गठबन्धनसँग असन्तुष्टि व्यक्त गर्दै माओवादीले आफ्नै उम्मेदवार उठाएको छ । काठमाडौं ३ मा प्रतिनिध सभामा नेकपा माओवादी केन्द्रले एकल उम्मेदवारका रुपमा मजदूर नेता बद्री बजगाईलाई कायम राखेको छ । त्यस्तै काठमाडौं १० मा पनि माओवादी केन्द्रले पाएको प्रदेश सभामा कांग्रेसले उम्मेदवार उठाएपछि प्रतिनिधि सभामा माओवादी उम्मेदवार अन्जना विशंखेको उम्मेदवारी कायमै छ

प्रदेशमा पनि माओवादी केन्द्रले दुवै ठाउँमा उम्मेदवारी दिएको छ । यसरी हेर्दा अहिले गठबन्धन भित्र काठमाडौँमा किचलो देखिएको छ भने एमालेले १० वटै निर्वाचन क्षेत्रमा एकल उम्मेदवारसहित चुनावी मैदानमा खटाएको छ । काठमाडौँ १ बाट किरण पौडेल, २ बाट मणिराम फुयाल र ३ बाट कृष्ण राई हुनुहुन्छ । त्यसैगरी ४ बाट राजन भट्टराई, ५ बाट ईश्वर पोखरेल र ६ बाट सर्वेन्द्र खनाल हुनुहुन्छ । ७ बाट एमालेले श्याम घिमिरेलाई उम्मेदवार बनाएको छ भने शिवभक्त राजवैद्य र ९ बाट कृष्णगोपाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ । १० बाट हिमेश केसी उम्मेदवार हुनुहुन्छ ।

यता गठबन्धनले एकबाट प्रकाशमानसिंहलाई उम्मेदवार बनाएको छ । २ बाट ओनसरी घर्ती हुनुहुन्छ भने ३ मा सन्तोष चालिसे कांग्रेसबाट हुनुहुन्छ । ४ मा गगनकुमार थापा र पाँचमा प्रदीप पौडेल हुनुहुन्छ । ६ बाट भीमसेनदान प्रधान हुनुहुन्छ । ७ बाट गठबन्धनको तर्फबाट डाक्टर बाबुराम भट्टराई पुत्री मानुसी यमी हुनुहुन्छ । ८ बाट गठबन्धनका तर्फबाट नेकपा एसका जीवनराम श्रेष्ठ उम्मेदवार हुनुहुन्छ । ९ मा गठबन्धनले माओवादीकी कल्पना धमला र १० मा कांग्रेसका तर्फबाट राजेन्द्रबहादुर केसी उम्मेदवार हुनुहुन्छ । पौडेल र सिंहसँगै क्षेत्र नम्बर १ बाट रविन्द्र मिश्रलाई राप्रपाले उम्मेदवार बनाएको छ ।

उमेरको हिसावमा काठमाडौँबाट उम्मेदवार बन्ने नेपालवाद पार्टीका ईश्वर गौतमको उमेर २८ छ । उहाँ स्वतन्त्रबाट उम्मेदवार हुनुहुन्छ । दलगत हिसावमा एमालेको तर्फबाट काठमाडौँ १ बाट उम्मेदवार बन्नुभएको किरण पौडेलको उमेर ४१ वर्ष छ । त्यहि क्षेत्रबाट गठबन्धनबाट उम्मेदवार बन्नुभएका कांग्रेसका प्रकाशमान सिंहको उमेर ६६ वर्ष छ । काठमाडौँ ६ बाट उम्मेदवार बन्नुभएका गठबन्धनका भीमसेन दास प्रधानको उमेर पनि ६९ छ । उहाँ कांग्रेसको हुनुहुन्छ ।

क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नुभएका एमाले वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका ईश्वर पोखरेलको उमेर पनि ६८ छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार विष्णुप्रसाद आचार्यको उमेदर ७२ छ । उहाँ क्षेत्र नम्बर ६ बाट उम्मेदवार हुनुहुन्छ । स्वतन्त्रबाट उठ्ने उम्मेदवारको संख्या १ सय बढी छ ।