सामसङको ग्यालेक्सी एस ८ नेपालमा

काठमाडौं । सामसङको ग्यालेक्सी एस ८ र एस ८ प्लस नेपाली बजारमा आएको छ । सामसङ कम्पनिले बुधबार एक कार्यक्रमको आयोजनागरी काठमाडौंमा दुवै स्मार्टफोन सार्वजनिक गरेको हो ।
सार्वजनिक भएका मोवाइलहरु विहिकारदेखि वुकिङगर्न सकीने र यी पाmेनहरु २२ बैसाख पछि मात्र पाउने कम्पनीले जनाएको छ । कम्प्निका अनुसार नेपाली बजारमा एस ८ को मूल्य ८८ हजार नौ सय रुपैयाँ र एस ८ प्लसको ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
कम्पनीले यी स्मार्टफोन खरिदमा एनसेलको सिमसँगै आठ महिनासम्म हरेक महिना ८ जिबी डेटा सित्तैमा दिने जनाएको छ । त्यस्तै ६ महिनासम्मको लागि बीमाको व्यवस्था समेत गरिएको छ । छ महिनासम्म फोन विग्रिए त्यसको मर्मत संहार कम्पनिले गर्ने छ ।
कम्पनिका अनुसार एस ८ मा ५.६ इन्च तथा एस ८ प्लसमा ६.२ इन्चको ‘इन्फिनिटी डिस्प्ले’ रहेको छ । दुवै स्मार्टफोनमा डिस्प्ले आकर्षक बनाउन गोरिल्ला ग्लासको प्रयोग गरिएको छ । पानी र धूलो छिर्न नसक्नेगरी तयार गरिएको एस ८ मा तीन हजार एमएएच र एस ८ प्लसमा ३५ सय एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ ।
एन्ड्रोइड ७ को नोगाट भर्सनको अपरेटिङ सिस्टम रहेको दुवै स्मार्टफोनमा १२ मेगापिक्सलको रियर क्यामेरा र ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा छन् । एस ८ र एस ८ प्लस दुवै फोनमा चार जिबी ¥याम रहेको छ ।