प्रधानमन्त्री प्रचण्डद्वारा विमानस्थलमा यात्रुले खेप्नु परेको हैरानीकाबारे समस्या समाधान गर्न निर्देशन 

काठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकले विदेशबाट फर्किंदा व्यक्तिगत प्रयोजनमा अतिरिक्त मोबाइल ल्याउँदा विमानस्थलमा यात्रुले खेप्नु परेको हैरानीकाबारे समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले विदेशबाट मोबाइल बोकेर आउँदा नेपालीलाई मोबाइलको भन्सार तिर्नेबारे समस्या सिर्जना भएको गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्वाही अघि बढाउन निर्देशन दिएको हाे ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अतिरिक्त मोबाइल ल्याउँदा भन्सार तिर्न बाध्य पारेको घटना सार्वजनिक भएसंगै सार्वजनिक रुपमा आलोचना बढेपछि प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका थिए ।