भ्रममा नपर्न एनसेलको आग्रह

काठमाडौँ । एनसेल प्रा. लि. ले आफ्नो जिएसएम मोबाइल सेवा मार्फत एक करोड पचास लाखभन्दा बढी नेपालीलाई अत्यावश्यक संचार सेवा प्रदान गरिरहेको सर्वविदितै छ । स्थापनाको छोटो अवधिमै नेपालको सबैभन्दा ठूलो जिएसएम मोबाइल सेवा प्रदायकको रुपमा स्थापित भएको यस कम्पनीको सफलताको पछाडि ग्राहकले हामी प्रति दर्शाउनु भएको अगाध मायाँ र विश्वास, व्यावसायिक साझेदारहरुले कम्पनीको ग्राहक केन्दि«त रणनिति तथा उत्कृष्ट कार्यसंपादन संस्कृतिको कार्यान्वयनमा पु¥याउनु भएको योगदान तथा अरु सबै साझेदारहरुद्वारा निरन्तर प्रदान गर्दै आउनु भएको सहयोग रहेको छ । यस्तो माया, विश्वास, सहयोग तथा योगदानका लागि एनसेलले सँधै कृतज्ञता व्यक्त गर्दै आएको छ र अहिले पनि गर्दछ ।
विगत केहि दिन देखि एनसेलसँग काम गरिरहेका बितरक अन्तर्गतका केहि डिलरले कम्पनीका बारेमा झुटा तथा आधारहिन आरोप लगाउँदै भ्रम फैलाउने काम गरेको र कम्पनीका कर्मचारी उपर व्यक्तिगत गालिगलौज, लाञ्छना तथा चरित्र हत्या गर्ने खालका नाराबाजी गर्दै एनसेल कार्यालयको मुलद्वारमा प्रदर्शन गरी कम्पनीको कार्यसंचालनमा व्यवधान पु¥याउने जस्ता गैरकानुनी कार्यहरु भईआएकाले यस प्रा. लि. सबैको जानकारीका लागि निम्न लिखित कुराहरु स्पष्ट पार्न चाहन्छ :

१ एनसेलले आफ्ना सिम तथा रिचार्ज कार्ड देशभर पु¥याउन तथा बिक्री बितरणका लागि ५ वटा वितरक मार्फत कार्य गर्दै आएको छ । यी वितरकसँग एनसेलको सम्झौता रहेको र उनीहरुले सोहि सम्झौता अन्तर्गत रहि काम गर्दै आएका छन् । केहि डिलरले दाबी गरे झैं एनसेलले बितरकको सम्झौता खारेज गरेको छैन ।

२ डिलरको नियुक्ती बितरकले आफ्नो व्यावसायिक योजना तथा आवश्यकता बमोजीम गर्ने गरेका हुन्छन् । डिलरसँग एनसेलको प्रत्यक्ष सम्झौता रहने व्यवस्था छैन, यसर्थ एनसेलले डिलर हटाएको भन्ने आरोपमा कुनै सत्यता छैन र वितरकको तर्फबाट पनि कुनै डिलरलाई हटाएको जानकारी आएको छैन । त्यसैले एनसेलले डिलरसँग सम्झौता खारेज गर्ने भन्ने कुरै आउदैन । डिलरको नियुक्ती वा खारेजीमा एनसेलको कुनै भनाई वा भूमिका रहँदैन । यो नितान्त बितरकको कार्याधिकारमा पर्ने कुरा हो ।
३ एनसेलले उच्च मानविय मूल्यसहितको कार्यसंपादन संस्कृति अबलम्बन गरेको छ । कम्पनीले सँधै ग्राहकलाई लाभ प्रदान गर्ने उद्देश्यपूर्तिका लागि आफ्नो कार्यक्षमतामा अभिवृद्धि गर्न विभिन्न व्यावसायिक रणनीतिहरु अंगिकार गर्दै तिनको निरन्तर कार्यान्वयन गर्दै आएको छ । यो निरन्तर चलिरहने अभ्यास हो, जसले बजार तथा अर्थतन्त्रमा नयाँ अवसरहरु पनि सृजना गर्दछ ।

४ कम्पनीले आफ्नो व्यावसायीक तथा कानूनी अधिकार भित्र रही ग्राहक सेवालाई थप सुदृढ गर्न आफ्ना कार्यसञ्चालनमा थप नविनता तथा सुधार गर्नु एउटा सामान्य प्रक्रिया हो । यस प्रयास अन्तर्गत एनसेलले विभिन्न क्षेत्रमा रिचार्ज कार्ड तथा ई–टपअपको अझ चुस्त व्यवस्थापनका लागि जोनल एजेन्ट नियुक्त गर्ने प्रकृया शुरु गरेको छ । यसको उद्देश्य ग्राहक सेवालाई अझ प्रभावकारी बनाउने रहेको छ । साथै डिलरलाई पनि जोनल एजेन्ट भई एनसेलसँग सिधै आबद्ध भई काम गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरुलाई आफ्नो अनुकुलता तथा लाभ बमोजिम बितरक तथा जोनल एजेन्ट दुबैसँग कार्य गर्न सक्ने अवसर सृजना गर्ने रहेको छ । यसले सबै पक्षलाई लाभ प्रदान गर्नेछ ।

५ कुनै पनि समायोजन गर्दा एनसेलले सधै सम्बन्धित पक्षलाई संलग्न गर्दै र ग्राहक सेवा तथा प्रतिस्पर्धालाई योगदान पु¥याउने खालका प्रतिक्रिया तथा रचनात्मक सुझावलाई खुला हृदयले ग्रहण पनि गर्दै आएको छ । यस कार्यमा डिलरलाई कुनै पनि जानकारी चाहिए वा प्रतिकृया रहे उनीहरुलाई नियुतm गर्ने वितरकसँग कुरा राखी आफ्नो समस्याको समाधान गर्न सक्छन् । तर त्यसो नगरी केहि डिलरले एनसेल कार्यालय अगाडि हुल हुज्जत गर्ने, व्यक्तिगत गालिगलौज, लाञ्छना तथा चरित्र हत्या गर्ने जस्ता अवाञ्छित गतिविधि गरेकोमा यस एनसेल प्रा. लि. खेद व्यक्त गर्दछ । साथै सम्बद्ध डिलरलाई यी लगायत यस किसिमका भ्रामक गतिविधि तथा जनमानसको दुरसंचार जस्तो अत्यावश्यक सेवामा असर पार्ने खालको कुनै पनि कार्य नगर्न नगराउन हार्दिक अनुरोध गर्दछ ।

६ एनसेल आफ्ना आदरणीय ग्राहक महानुभावहरु तथा साझेदारहरुको निरन्तर सहयोगको लागि आभार ब्यतm गर्दछ । आफ्ना ग्राहकको संचार सेवामा पहुँच सुनिश्चित गर्न कम्पनी सँधै प्रतिबद्ध रहेको छ ।
वैशाख १३ गते ।