माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु, गृह मन्त्रालयका बारेमा छलफल हुने

काठमाडौं, १६ माघ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकपार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको छ ।

गत बिहीबार र शुक्रवार दुई दिन बसेको स्थायी कमिटी बैठकमा पेश भएका एजेण्डा, राष्ट्रपति निर्वाचन, गृह मन्त्रालय लगायतको विषयमा छलफल गर्न बैठक बोलाएको हाे।

पुस १० गतेको सहमति अनुसार एमालेको भागमा परेको राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ।

यस निर्णयले एमाले चिढिएको छ । भने, रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालय आफैँले राख्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड छन्।

एमाले अध्यक्ष ओली भने गृह मन्त्रालय लामिछानेलाई नै फर्काउनुपर्ने पक्षमा छन्।