क्रिकेट संघद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा
कास्की, १८ माघ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा भएको छ ।
मंगलबार पोखरामा भएको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले सन्दीपकाे निलम्बन फुकुवाको निर्णय गरेको बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो भने उच्च अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।
सोही मुद्दामा क्रिकेटर लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।
सन्दीप पुस २९ गते २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।