राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी दर्ता
काठमाडौं, २२ माघ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ, देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहनु भएको छ ।
नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेका कारण अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना रहेकाे छ ।