काठमाडौंको कलङ्कीस्थित बल्खु खोलामा नवजात शिशुको शव फेला

काठमाडौं, १२ चैत्र । काठमाडौंको कलङ्कीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा नवजात शिशुको शव फेलापरेकाे छ ।

शव आज भर्खरै जन्मिएको शिशुको भएकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले बल्खु खोलामा नवजात शिशु (बालिका) को शव फेला परेको जानकारी दिए ।

उनका अनुसार स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त शव खाेलामा कसले र किन ल्याएर फालेको भन्नेबारे नखुलेको प्रहरीले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।