दुर्गा प्रसाईं साधारण तारेखमा रिहा
वीरगञ्ज, १२ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पर्सा जिल्ला अदालतको आदेशपछि साधारण तारेखमा रिहा भएका छन् । मङ्गलबार भएको थुनछेक बहसपछि अदालतले उनलाई थुनामा नराखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बस्नेतले अदालतको आदेशानुसार प्रसाईंलाई रिहा गरिएको जानकारी दिनुभयो ।
प्रहरीले प्रसाईंविरुद्ध साइबर अपराध (विद्युतीय कारोबार ऐन) र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो । उनलाई गत जेठ ४ गते वीरगञ्जस्थित होटल दियालोबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।