एकैदिन एक हजार आठ सयले बढ्यो सुनको मूल्य
काठमाडाैं, २० वैशाख । नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार छ सय पुगेकाे हाे ।
अघिल्लो दिन प्रतितोला रु एक लाख आठ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार आठ सयले बढेर रु एक लाख १० हजार छ सय पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार ५० छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख आठ हजार तीन सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०ले बढेर रु एक हजार चार सय २५ पुगेको महासङ्घले जनाएको छ ।