साउदी अरबको यान्बु स्थित मुख्य बन्दरगाहबाट कच्चा तेल ओसारपसार र लोडिङ कार्य पूर्ण रूपमा स्थगित

काठमाडौं ।   यमनमा साउदी समर्थित सरकारी फौज र इरानसमर्थित हुथी विद्रोहीहरूबिचको भिडन्त चर्किएसँगै क्षेत्रीय सुरक्षा र इन्धन आपूर्तिमा गम्भीर सङ्कट उत्पन्न भएको छ।

साउदी अरबका अनुसार मुस्लिमहरूको पवित्र तीर्थस्थल ‘मक्का’तर्फ हुथी विद्रोहीहरूले प्रहार गरेको एक ड्रोनलाई साउदी सेनाले हावामै निष्कृय पारेको छ। तर, यमनी हुथी समूहले भने पवित्र धार्मिक स्थललाई लक्षित गरी आक्रमण नगरिएको दाबी गर्दै साउदीको यो आरोपलाई “घृणास्पद झूट” (Nauseating lie) को संज्ञा दिएको छ।

यान्बु बन्दरगाहबाट तेल ढुवानी रोकियो

पछिल्ला हुथी आक्रमणहरूका कारण सुरक्षा जोखिम चुलिएपछि साउदी अरबले आफ्नो पश्चिमी तटीय सहर यान्बु (Yanbu) स्थित मुख्य बन्दरगाहबाट कच्चा तेल ओसारपसार र लोडिङ कार्य पूर्ण रूपमा स्थगित गरेको छ।

यसैबिच, अमेरिकी ऊर्जा मन्त्री क्रिस राइट (Chris Wright) ले साउदी अरबको पूर्व-पश्चिम इन्धन पाइपलाइन (East-West Pipeline) केही दिनभित्रै पुनः सञ्चालनमा आउने अपेक्षा व्यक्त गर्नुभएको छ। हुथी आक्रमणका कारण सो पाइपलाइनको सेवा अवरुद्ध हुँदा वैश्विक बजारमा तेलको मूल्यमा प्रत्यक्ष असर परिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *