एमाले सचिवालय बैठक सकियो, के–के भए निर्णय ?
काठमाडौं, १९ जेठ । नेकपा (एमाले)को सचिवालय बैठक सकिएको छ । बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजन गर्ने जिम्मेवारी दिएको छ । त्यसैगरी बैठकले संगठन विभाग प्रमुखमा काशिनाथ अधिकारी र प्रचार तथा प्रकाशन विभागको जिम्मा राजेन्द्र गौतमलाई दिएको छ । आजको वैठकले १३ जना केन्द्रीय सदस्य थप गरेको छ ।