ढुङ्गाले लागेर हुम्लामा एक बालकको मृत्यु, एक बालक घाइते
हुम्ला, २८ जेठ । हुम्लामा ढुङ्गा खसेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् ।
ढुङ्गाले लागेर सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको मृत्यु भएकाे हो । घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन् ।
दुवैजना बाख्रा चराउन वनमा गएका थिए । रोकायाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
ऐडीको दाहिने हात भाँचिएको छ । उनको स्वास्थ्य चौकी राहदेवमा उपचार भइरहेको छ ।