ओखलढुंगामा पहिरोले एकै परिवारका ३ जनाको मृत्यु, एक बेपत्ता

ओखलढुंगा, ८ असार । ओखलढुंगाको चम्पादेवीमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएकाे छ भने पहिराले छोरा बेपत्ता भएका छन्।

गएराति ११ बजे पहिरो जाँदा रणबहादुर गुरूङ उनकी २९ वर्षकी पत्नी शिवमाया गुरूङ र १८ महिनाकी छोरी कविता गुरूङको पुरिएर मृत्यु भएको हाे । गुरूङ का १० वर्षीय छोरा दिनश गुरूङ बेपत्ता भएका छन्।

पहिराेले छिमेकी बलबहादुर गुरूङ र जहरसिंह गुरूङको घरमा पनि क्षति पुर्‍याएको छ। पहिरोले अरू घर पनि जोखिममा रहेको छ।

दुई सय मिटर माथिबाट पहिरो आएर घर बगाएर लगेकाे स्थानीय जहरसिंह गुरूङले बताए ।